मदिराजन्य पदार्थप्रति आक्रमक बन्दै ईन्सपेक्टर थापा, भट्टीमै छापा

मदिरा नियन्त्रणमा सक्रिय रुपमा प्रस्तुत हुँदै गएका ईन्सपेक्टर थापाको सक्रियतामा झण्डै ३ सय ५० लिटर अवैध मदिरा नष्ट पारिएको हो ।

२०७६ असोज ५ आइतबार
बेलुकी ७:०५ बजे
बिनय कुमार यादव, धनुषा

न्यूज ब्यूरो, धनुषा । अवैध मदिराका कारण अपराधिक क्रियाकलापलाई प्रश्रय मिलेको भन्दै ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन कुमार थापा पछिल्लो समय आक्रमक बन्दै गएका छन् ।

 

मदिराजन्य पदार्थप्रति आक्रमक बन्दै गएका ईन्सपेक्टर थापाले आईतबार भारी परिमाणमा अवैध मदिरा नष्ट पारेका छन् । मदिरा नियन्त्रणमा सक्रिय रुपमा प्रस्तुत हुँदै गएका ईन्सपेक्टर थापाको सक्रियतामा झण्डै ३ सय ५० लिटर अवैध मदिरा नष्ट पारिएको हो ।

 

ईप्रका धनुषाधामको टोलीले विभिन्न समयमा चेकजाँचको क्रममा बरामद गरेको अवैध मदिरा नष्ट गरिएको ईन्सपेक्टर थापाले बताए । अवैध मदिराका कारण विभिन्न समयमा अपराधिक क्रियाकलापलाई प्रश्रय मिलेको भन्दै यस्ता अपराधिक क्रियाकलापलाई जरैदेखि उखेल्न आफूहरु प्रयासमा लागेको बताए । 

 

प्रहरीले धनुषाधामका मेयर बालेश्वर मण्डल, वडा नं. १ का वडाध्यक्ष विश्वनाथ यादव, वडा २ का प्रभु नारायण साह, ३ का राजकिशोर साह, ७ का हेमशंकर यादव, नेकपाका स्थानीय नेता योगकुमार यादव, स्थानीय बुद्धिजीवी, पत्रकार, युवासमेतको रोहबरमा मदिरा नष्ट गरेको जनाएको हो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७६ असोज ५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }