रेशम चौधरी छुट्ने प्रचण्डको संकेत !

टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले जानकारी दिएका हुन् ।

२०७६ असोज ५ आइतबार
दिउसो ४:५० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजपा सांसद रेशम चौधरी छुट्ने संकेत दिएका छन् ।

 

सुनसरीमा आइतबार आयोजित जितिया महोत्सवलाई सम्बोधन गर्दै उनले टीकापुर घटनालाई लिएर हालिएको झुटा मुद्दा खारेज गर्ने सैद्धान्तिक सहमति भइसकेको उनले जानकारी दिएका हुन् । अध्यक्ष प्रचण्डले टीकापुर घटनाको सन्दर्भमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक निर्णयसहित खारेजीको प्रक्रिया अगाडि बढेको जानकारी गराए ।

 

उनले भने, ‘मलाई विश्वास छ केही समयपछि झुटा मुद्दाहरु खारेज हुन्छन् र बन्दी अवस्थामा रहेका थारुहरु केही समयपछि मुक्त हुन्छन् ।’ रेशम चौधरीको नाम उल्लेख नगरी उनले अगाडि भने, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ भन्ने मेरो विश्वास छ ।’

 

कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।

 

नेकपा अध्यक्ष प्रचण्डले शान्तिपूर्ण दवावबाटै संविधान संशोधनका लागि वातावरण बनाउनुपर्ने धारणा पनि राखे ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus

} }