• २०७६ कार्तिक ७ गते, बिहीबार



संविधानमा त्रुटि हुँदैमा जलाउन पाईन्छ ? 

यो संविधानले हामीलाई नेपाली हुने, बोल्ने, विरोध गर्ने हक प्रदान गरेको छ । 

बहुजातीय, बहुभाषी, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविद्यायुक्त भएको मेरो देश नेपालका राजनैतिक अवस्था देख्दा मनभित्रै देखि खिन्न हुन्छ । 


संघीय लोकतान्त्रीक गणतान्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो, शान्ती, सुशासन, विकास र समृद्धिको बाटोमा अगाड बढनु पर्ने देशमा पाईला पाईलामा राजनैतिक मुठभेड मात्र देखिन्छ । कसैले दिपावली मनाउँछौ, कसैले कालो दिन र कोई मौन बस्छन । खोई त बहुजातीय, बहुभाषि, बहुधार्मिक, बहुसाँस्कृतिक र भौगोलिक विविद्यतायुक्त भएको मेरो देश नेपालमा राष्ट्रिय एकता देखिएको ? साच्चि नै हाम्रो राष्ट्रियता यति कमजोर हो ? के साच्चि नै हाम्रो संविधान त्रुटिपूर्ण छ ? 


यदि त्रुटिपूर्ण छ भने किन सच्याउने प्रयत्न गरिएन ? के साच्चि नै हाम्रो देशको कानुन विभेदकारी छ ? यो सम्पूर्ण प्रश्न पछिल्लो हाम्रो देशको घटनाक्रमले उब्जाउँछ । देशको संविधान नमान्नु, त्यसको प्रतिलिपी आफ्नै देशको जनताले जलाउनु र सरकारले संविधान दिवस मनाउनको लागि उर्दी जारी गर्नु, यो सब दृश्य हेर्दा साँच्चि नै संविधान त्रुटिपूर्ण रहेको छ भनेर शंका उब्जाउँछ । 


यसले देशमा एकता छ भन्ने सन्देश पक्कै दिदैन । यो त्रुटिलाई  सच्याउनेतिर  सरकारको ध्यान किन जान सकेको छैन ? के आफ्नो आफ्नो राजनैतिक रोटी सेक्ने कार्य मात्र गरिदै आएको छ सरकारमा भएका पार्टीहरु ? के मधेशी, थारु, जनजाती, मुस्लिमको आवाज अस्तित्व नेपाल देशको अस्तित्व होइन ? मधेशमा हुने आन्दोलनलाई सिथिल पार्न गोली चलाइन्छ र काठमान्डौंमा आन्दोलन सिथिल पार्न पानीको फोहोररा मात्र दिइन्छ ।


यो रबैयाले केबल राष्ट्रमा द्धन्द्ध सृजना हुन्छ । अर्को पनि राजनैतिक रोटी सेक्न बखाडा गरिएको छ । जुन संविधानको अनुरुप चुनाव लडेर, जितेर, नेपालकै संविधानले दिएको सरकारको स्वरुप प्रदेश र स्थानीय तहको प्रतिनीधि भएर त्यस संविधानको विरोध गर्नु, जलाउनु, कतिको देशको संविधानप्रतिको श्रद्धा र पालना गरेको भनेर दर्साउँछ । 


के संविधानमा त्रुटि हुँदैमा देशको संविधान जलाउन पाइन्छ ? संविधानमा भएको कमि कमजोरीलाई सम्बन्धित ठाउँमा राख्नुपर्छ । त्यसको सुनुवाई भएन भन्दैमा कसैको उक्साहटमा आएर संविधान जलाउनु पनि जायज होइनन । यो संविधानले हामीलाई नेपाली हुने, बोल्ने, विरोध गर्ने हक प्रदान गरेको छ । 


त्यसैले यो संविधानलाई जलाउनु खेदपूर्ण रहेको छ । आफ्नो राजनीतिक मेवा पकाउन जनतालाई कहाँ भडकाउन पाईन्छ ? राष्ट्रियमा राजनिति गर्नुपर्छ भन्ने राष्ट्रलाई जोडने कुरामा जनतालाई उचाल्नुस तर राष्ट्रलाई नै सिध्याउने काम भने बन्द गरियोस् । संविधानमा भएको कमि कमजोरीलाई सच्याउन जोड गर्नुपरयो, संविधान जलाएर होइन अरु माध्यम, सडकको माध्यमल र सदनको माध्यमले । जलाउनु भनेको संविधानको विपरित हो ।


किनभने हाम्रो संविधानको प्रस्तावनामा लेखिएको छ :
- “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमले दिगो, शान्ती, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।”
त्यसैले हाम्रो संविधानको मर्म अनुरुप हामीले हाम्रो देश नेपालमा दिगो शान्ती, सुशासन, विकास र समृद्धिको आकांक्षा पुरा गर्न हाम्रो संविधानमा भएको त्रुटिलाई संशोधन गरी देशमा राष्ट्रिय एकताको सन्दर्भ र राष्ट्रलाई समृद्धि र सम्पन्न बनाउनेमा सबैले जोड गर्नुपर्छ । 

------------------------------------

अजय कुमार यादव (बरबरिया) 
बि.ए. एल. एल. बि.
प्रथम वर्ष, के.एस.एल. , काठमान्डौं 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...