भारतमा पनि नेपाली संविधानको विरोध, कालो दिन मनाइयो !

संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

२०७६ असोज ४ शनिबार
बेलुकी ५:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । भारतको नयाँ दिल्लीमा मधेशी मूलका नेपाली विद्यार्थीहरुले संविधान दिवसको दिन विरोधसभा गरेको छ । 

 

भारतमा रहेका मधेशी मूलका नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध जनाएका हुन् । उनीहरुले कालो ब्यानरमा ‘असोज ३, कालो दिन’ को नारा लेखेका थिए ।

 

संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुको सक्रिय सहभागिता थियो ।

 

दिल्लीमा अध्ययनरत विद्यार्थीसहित राष्ट्रिय जनता पार्टीका नेताहरु समेत विरोधसभामा आइपुगेका थिए । कार्यक्रममा नेपालबाटै राजपाका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु समेत सहभागी थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बलात्कार मुद्दामा फरार रहेका शर्मा पक्राउ 

  • २०७६ असोज ४ शनिबार

न्यूज ब्यूरो, सिरहा ।  सिरहामा बलात्कार मुद्दाका फरार व्यक्ति १० दिनपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अर्नामा गाउँपालिका वडा नम्बर २ का २५ वर्षीय शेखर शर्मा बरही हुन्। उनी फागुन १६ गते

पूरा पढ्नुहोस्

Bureau Menus