थरुहट थरुवान संर्घष समितिले दहन गरे संविधानको धारा

हालको संविधान थारु समुदाय लगायत गैर थारु समुदायको हित विपरित रहेको प्रति असहमति जनाउँदै दहन

२०७६ असोज ४ शनिबार
बिहान ०९:४१ बजे
राम अवतार चौधरी

न्यूज ब्यूरो ,कपिलवस्तु । थरुहट थरुवान संयुक्त संघर्ष समिति जिल्ला कपिलवस्तुले नेपालको संविधान २०७२ को असहमति धाराहरुको दहन गरेको छ ।

 

 जिल्लाको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगे स्थित थारु कल्याणकारी सभा हलमा थारु कल्याणकारी सभाका केन्द्रिय कार्य समितिकी सदस्य तथा दहन कार्यक्रमको प्रमुख अतिथि रहेकी सुमित्रा थारुद्धारा सो कार्यक्रममा संविधानमा उल्लेखित केही धारहरुप्रति असहमति जनाउँदै कागजी संविधान जलाईएको हो ।

 

धारा ५६ उपाधारा ३ संग सम्बन्धित अनुसूची ४ मा चितवन जिल्लालाई ३ नं. प्रदेश भित्रै पार्ने गरि गरिएको संरचनासंग असहमती, संविधान भाग ४ मा राज्यका नीति निर्देशक सिद्धान्त आर्कषण भएपनि धारा ५५मा अदालतमा प्रश्न उठाउन नसकिने, धारा २६३मा उल्लेखित थारु आयोगलाई महिला, दलित तथा राष्ट्रिय समावेशी आयोग भन्दा कमजोर बनाईको लगायत रहेको ८ बुद्धेको असहमति प्रति असन्तुष्टि जनाउँदै दहन कार्यक्रम गरिएको कपिलवस्तु जिल्ला संयोजक जंजिर प्रसाद थारुले बताए ।   

 

थरुहट थरुवान संयुक्त संघर्ष समिति जिल्ला कपिलवस्तुले हालको संविधान थारु समुदाय लगायत गैर थारु समुदायको हित विपरित रहेको प्रति असहमति जनाउँदै दहन कार्यक्रम आयोजना गरिएको जिल्ला आन्दोलन परिचालन समिति संयोजक थारुले बताए ।

 

उक्त कार्यक्रममा थरुहट थरुवान संयुक्त संघर्ष समिति तथा जिल्ला आन्दोलन परिचालन समिति कपिलवस्तुको संयोजक जंजिर प्रसाद थारुको संयोकतत्व, थारु कल्याणकारी सभा केन्द्रिय समितिकी सदस्य सुमित्र थारुको प्रमुख आतिथ्यिता, थारु कल्याणकारी सभाका पूर्व केन्द्रिय सदस्य भोजराज थारुको विशिष्ट आतिथ्यिता, थारु, थाकस महिला सभाकी केन्द्रिय सदस्य कमला थारु, थारु पत्रकार संघ नेपालका कपिलवस्तुका अध्यक्ष श्याम सिटी, थाकस कपिलवस्तु जिल्ला सल्लाहकार नागेन्द्र थारु, झगरु थारु लगायतको आतिथ्यिता थाकस जिल्ला कार्य समितिका सभापति उमाशंकरको स्वागत मन्तव्य र थाकस जिल्ला सचिव जगत देव थारुको सञ्चलानमा कार्यक्रम सम्पन्न भएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७६ असोज ४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }