शहिदनगरमा शहिद मुरबलको स्मृतिसँगै संविधान दिवस 

संविधानको बुंदाहरु सर्वमान्य हुने गरी आसा गर्दै उनले संविधान दिवस मनाएको बताए ।

२०७६ असोज ३ शुक्रबार
रति ९:५० बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, धनुषा । धनुषाको शहिदनगरमा शहिद रामनारायण मण्डल (मुरबल) को २३ औं स्मृति दिवस मनाइएको छ । 

 

नेपाल कम्युनिष्ट पार्टीबाट सहादत दिएका धनुषा शहिदनगर नगरपालिका वडा नं. ६ हडबाराका शहिद मुरबलको स्मृति दिवस जिल्ला पार्टी कार्यालय धनुषाको आयोजनामा मनाइएको हो । नेकपाका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षता तथा नेकपामा केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज श्रवण कुमार बरबरिया यादवको प्रमुख आतिथ्यमा एक समारोहबीच २३ औं स्मृति दिवस मनाएको हो । 

 

स्मृति दिवसको अवसरमा नेकपाका पार्टी केन्द्रीय सदस्य  रामचन्द्र झा, रत्नेशवोर लाल गोइत, यदुबंश झा, सुधीर साह सहित पार्टीको प्रदेश कमिटी सदस्यहरु , जिल्ला कमिटी सदस्यहरु लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा भव्य रुपमा शहिद मण्डलको स्मृति दिवस मनाएको हो । नेकपाका जिल्ला पार्टी सचिव दिपक यादवले सँचालन गरेको स्मृति सभा कार्यक्रममा नेकपाका नेताहरुले शहिद मण्डलको सहादतबारे प्रकाश पारेका थिए । 

 

 

यसका साथै संविधान दिवसको अवसर पारेर नगरपालिकाको कार्यालय शहिदनगरले दिपावली समेत मनाएको छ । नेपालको संविधान २०७२ को असोज ३ गते ४ वर्ष पुरा भएको अवसरमा संविधान दिवस मनाएको हो । सो कार्यक्रममा नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादवले दीप प्रज्वलन गरी संविधान दिवसको अवसरमा दिपावली गरेका हुन् । सबै पक्षको मनोभाव र अधिकार समेटने गरी संविधानको बुंदाहरु सर्वमान्य हुने गरी आसा गर्दै उनले संविधान दिवस मनाएको बताए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७६ असोज ३ शुक्रबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus