• २०७६ कार्तिक ७ गते, बिहीबार



मधेशीया नेता 'दुईमुखे साँप'

मधेशी जनताको खुनले लत्तपत्त छ, मधेशी जनताको लागि आजको दिन कालो दिनकै रुपमा हुनुपर्छ ।

फाईल तस्विर

कालो दिवस रे ! नेपालको संविधान २०७२ जब जारी गरियो त्यतिबेला तराई मधेशको विभिन्न जिल्लामा चर्को आन्दोलन चलिरहयो त्यही संविधानको विरुद्धमा । पूर्ण संविधानप्रति मधेशी मूलका जनताले कहिले पनि आपत्ति जनाएनन जो की शिक्षित वर्गबाट प्रतिनिधित्व गर्दै थियो । किनकी, नेपालको संविधान २०७२ को केही यस्तो धारा मात्र छ जो की संसोधन गर्नुपर्ने थियो । त्यसकै आडमा मधेसीया नेताहरुले सयौं मधेशीलाई बलिको बकरा बनाए । 


सत्ता मोह र लासको सिढी बनाएर केन्द्रीय मन्त्रीसम्म भएका त्यही मधेसीया मसिहाले ६ ६ महिनाको बन्दी गराएर गरिब निमुखालाई झन गरिब बनाए, व्यापारीहरुलाई पलायन हुन बाध्य पनि बनाए । वास्तविकता त यो पनि थियो की संविधानको विरुद्धमा कत्तै न कत्तै मधेशी मूलका नेपालीहरुले पनि वर्तमान संविधानको विरोध गरेकै थियो, तर विरोध किन गरेको भनेर उनीहरुलाई पनि थाहा थिएनन, एउटा जुनुन मात्र थियो, आफ्नो अधिकारको लागि लडाई । 

 

 

नेपालको संविधान २०७२ जुन की वि.सं. २०७२ असोज ३ गते गणतन्त्र नेपालका प्रथम राष्ट्रपति श्री रामवरण यादव ज्यूबाट बलपूर्वक जारी गराइयो । तराई मधेशको विभिन्न जिल्लामा आगो बल्यो र त्यही आगोमा कैयौ युवक जलेर राख पनि भयो, कैयो बुहारीले आफ्नो सिन्दुर निभाइन, कैयौ आमाले छोरा गुमाइन । त्यसवापत मधेसीया नेताले पाएको सत्ता र सरकार अहिले पनि मधेशी युवकको खुनले लत्तपत्त छ । 


जुन संविधानको विरोध गरेर यतिको युवकलाई जल्दो भठ्ठामा मधेसी नेतृत्वले झोंके आज त्यही संविधानको आधारमा मन्त्री पदमा बसेर रिलाक्स गर्दैछन्, तर मधेशी जनताले के पाए ? त्यही संविधानको विरोध गर्न उक्साएर आन्दोलन गर्न लगाएका मधेसी नेतृत्वले मधेशीको प्रति टाउको ५० लाख रुपैयाँ मोल लगाएर टेन्डर निकालेका थिए, टेन्डर त पुरा भयो, योजना पनि सम्पन्न भएकै हो, तर अहिलेसम्म भुक्तानी भने दिएका छैनन् । 


संविधान जारी भएको आज ४ वर्ष पुरा भएको छ । त्यही संविधानको विरोधमा तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका नेता डा. सिके राउत महाकाल बनेको थिए भने आज त्यही संविधानलाई पूजा गरी नेपालको राजनीतिमा सेफ ल्याण्डिंग गरेपछि मधेसीया नेताप्रतिको विश्वास झनै कम हुन पुग्यो । कुनै बेला नेपालबाट मधेशलाई अलगै टुक्राउने अभियानमा लागेका डा. राउत जनमत पार्टीको अध्यक्ष भएपछि सबै नेतृत्वप्रतिको विश्वास बेचेर खाएको चियोचर्चो चल्यो । 


हो, त्यही संविधानलाई टेकेर उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सत्ता रिल्याक्स गर्दै विदेश पनि सयर गर्दैछन भने त्यही सत्ताको लोभ र लालचमा मात्र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले बेतुका विरोध जनाएर कालो दिवस मनाइरहेका छन् । संघीयतामा शक्ति विकेन्द्रीकरण भएपछि गठन भएको प्रदेश सरकारले दिपावली मनाएका छन् भने मन्त्रीहरु कालो दिवस , त्यही प्रदेश सरकारका मन्त्री भएर मौज गरिरहेका राजपाका मन्त्रीहरुले कालो दिवस मनाउनु भनेको मधेशी जनतालाई मुर्ख बनाउनु बाहेक अर्थो केही छैनन् । 

 

 

कालो दिवस मनाउने नेताहरुसँग आज जनता प्रश्न गर्दैछन कालो दिवस मनाउनुभन्दा पनि जुन संविधानलाई टेकेर मन्त्री पदमा बसेका छौं त्यो त्याग गरी सडकमा आउन सक्छौं ? सक्दैनौ भने जनतालाई मुर्ख बनाउने दिवस नगरौं । हुनत आम जनता आफैं समेत भएपछि उनका झिनो अन्धभक्त कार्यकर्ता बाहेक कोई पनि सडकमा नदेखिए उनीहरु आफैं निरास भएर वर्तन माझ्न व्यस्त हुनेछ । आज आम नागरिकलाई उक्साएर गोली हान्न नलाउने प्रपँच रच्दैनन भने विश्वास गर्ने ठाउँ पनि छैनन, त्यही लासको राजनीति गरेर सत्तामा कुनै पद पाएपछि कालो दिवसको सट्टा दिपावली गर्न बेर लगाउँदैन, होईन र ? 


मधेशी जनताको हकाधिकारको सन्दर्भसँग जोडिएको नेपालको संविधान २०७२ मा मधेशी जनताको अधिकारको मूलमर्मलाई बुझेर चित्त नबुझिएका बुंदाहरु संशोधन गरी सबलाई समेटेर उत्कृष्ट संविधानको रुपमा परिचय दिनुपर्छ । मधेशी जनताले के चाहेको छ त्यस अनुरुप, उनको मौलिक र अधिकारको विषयानुकुल बुंदा संशोधन गर्नु सरकारको पनि परम कर्तव्य हो । यसको लागि मधेशी जनताले आवाज लगाइएको छ, फरक यति छ भोलाभाला जनता कुपात्र नेता र गद्दारीले भरिपूर्ण जहनलाई विश्वास गरी नेता मान्छ उनले लात्ती हानेकै हो । तराई मधेशमै कत्तै दिपावली त कत्तै कालो दिवस आज मनाइरहेको छ । 


अन्त्यमा जुन संविधान जारी हुँदा अबोध बालक सहित विद्यार्थी, वृद्ध, युवकलाई टाउकोमा ताकी ताकी गोली हानेर बन्दुकको नालमा बलपूर्वक संविधान जारी गरियो त्यो संविधान मधेशी जनताको खुनले लत्तपत्त छ, मधेशी जनताको लागि आजको दिन कालो दिन कै रुपमा हुनुपर्छ । 
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्

Loading...