महोत्तरी : सरोजको हत्या आरोपी दुईजना पूर्पक्षको लागि थुनामा

उनको शव रातो नदीको पानीमा गत श्रावण १६ गते भेटिएको थियो ।

२०७६ असोज २ बिहीबार
बेलुकी ६:१५ बजे
रञ्जन भण्डारी

न्यूज ब्यूरो, महोत्तरी । जिल्ला अदालत महोत्तरीले हत्या आरोपी दुईजनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ ।

 

महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ निवासी २४ वर्षिय सरोज साहको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले दुई आरोपीलाई पूर्पक्षको लागि थुनामा पठाएको हो । हत्या भएको भन्दै प्रहरीमा परेको किटानी जाहेरीको आधारमा अनुसन्धान सकेको प्रहरीले मुद्दा सरकारी वकिल कार्यालय मार्फत अदालत पठाएको थियो । 

 

मंगलवार बयानपछि सुनुवाई गर्दै न्यायाधिक केशव प्रसाद बास्तोलाको एकल ईजलासले आरोपी जलेश्वर नगरपालिका वडा नं. २ निवासी राजेश गुप्ता र उनकै कपडा पसलमा कार्यरत जलेश्वर नगरपालिका वडा नं. ८ बजराही निवासी मिन्टु ठाकुरलाई पूर्पक्षको लागि थुना पठाएको श्रेस्तेदार मनोज कुमार श्रीवास्तवले वताए । उनीहरुलाई मंगलबार नै जलेश्वर कारागार पठाइएको छ ।

 

यस्तो थियो घटना :
जलेश्वर नगरपालिका वडा नं. ६ धवौली स्थित रातो नदीको पानीमा श्रावण  १६ गते स्थानिय सरोज साहको शव फेला परेको थियो । शव भेटिएपछि मृतकका बुवा रामदत साहले आफ्नो छोराको हत्या भएको र छोरा काम गर्ने पसलका साहुले नै मारेको भनेर किटानी जाहेरी दिएका थिए । 

 

उनले जलेश्वर नगरपालिका वडा नं. २ निवासी प्रियंका वस्त्रालयका संचालक राजेश कुमार गुप्ता,उनका छोरा र पसलमा काम गर्ने अर्का कामदार जलेश्वर नगरपालिका वडा नं. ८ निवासी मिन्टु ठाकुरले नै आफ्नो छोरा मारेको भनेर किटानी जाहेरी दिएका थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७६ असोज २ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }