धनुषा : बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन जेल

बालिकाको शव धान खेतको हिलोमा गाडीएको अवस्थामा फेला परेको थियो ।

२०७६ असोज २ बिहीबार
बिहान ०९:४६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक बालिकालाई सामुहिक बलात्कार गरी हत्या गर्ने दुईजनालाई आजीवन जेल सजाय सुनाइएको छ ।

 

जिल्ला अदालत धनुषाले धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षका विनोद मुखिया र ३३ वर्षका नथुनी पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन जेल सुनाएको हो ।

 

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई आजीवन जेलसहितको सजाय सुनाएको छ । दोषी दुबैले झण्डै एकवर्ष अघि एक बालिकालाई बलात्कार गरी हत्या नै गरिदिएका थिए ।

 

गत २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले १० रुपैयाँको प्रलोभन देखाएर गाउँभन्दा केहि पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

 

बालिकाको शव धान खेतको हिलोमा गाडीएको अवस्थामा फेला परेको थियो । घटना लगत्तै धनुषा प्रहरीले दुबैजनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कर्जन्हाका तत्कालिन मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, तत्कालिन हाकिम र लेखापाल निलम्बन

  • २०७६ असोज २ बिहीबार

न्यूज ब्यूरो, सिरहा । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८र७९ मा नगरपालिकाको प्रशासनिक

पूरा पढ्नुहोस्

Bureau Menus

} }