सरोज मृत्यु प्रकरणमा बयान चल्दै

जलेश्वर नगरपालिका वडा नं. ६ धवौली स्थित रातो नदीको पानीमा श्रावण  १६ गते स्थानिय सरोज साहको शव फेला परेको थियो ।

२०७६ भदौ ३० सोमबार
बिहान ११:३८ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, महोत्तरी ।  जलेश्वर नगरपालिका वडा नं. ६ निवासी २४ वर्षिय सरोज साहको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीमा आईतवार बयान सुरु भएको छ । जिल्ला अदालत महोत्तरीको बेन्च नं. २ मा पेश भएको हत्याको किटानी मुद्दामा न्यायाधिश केशव प्रसाद बास्तोलाले आरोपी मध्येका राजेश गुप्ताको बयान सुनेका हुन । यता अर्का प्रहरीले पक्राउ गरेका अर्का आरोपी मिन्टु ठाकुरको बयान सोमवार सकेर बहस हुने र सम्भवत सोमवार नै कुनै आदेश आउन सक्ने सरकारी वकिल कार्यालयले जनाएको छ ।

 

युवकको रहस्यमय मृत्युले हत्या वा आत्महत्या मै स्थानियवासीमा धारना समान नभएको वेला जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पिडितको तर्फबाट परेको किटानी जाहेरीको आधारमा प्रहरीले केहि दिन पुर्व अनुसन्धान र विभिन्न मेडिकल रिपोर्ट सरकारी वकिल मार्फत अदालतमा बुझाईसकेपछि बयान सुरु भएको हो ।

 

केहि समय पुर्व नै पिडितको तर्फबाट न्याय देउ र दोषीलाई कार्यवाही गर भन्दै विभिन्न नारा जुलुस तथा बजार बन्द कार्यक्रम भैसकेको छ भने आरोपीको तर्फबाट समेत पत्रकार सम्मेलन गरि आफुहरु निर्दोष भएको र केहि राजनितिक व्यक्तिहरुले आफुहरुलाई फसाउन खोजेको आरोप लगाएका थिए ।आरोपी पक्षले आफ्नो परिवार निर्दोष भएको बताउदै हत्या नै हो भने सहि दोषीको पहिचान गरि पिडितलाई न्याय दिन समेत आग्रह गरेको थियो ।

 

यस्तो थियो घटना :

जलेश्वर नगरपालिका वडा नं. ६ धवौली स्थित रातो नदीको पानीमा श्रावण  १६ गते स्थानिय सरोज साहको शव फेला परेको थियो । शव भेटिएपछि मृतकका बुवा रामदत साहले आफ्नो छोराको हत्या भएको र छोरा काम गर्ने पसलका साहुले नै मारेको भनेर किटानी जाहेरी दिएका थिए । उनले जलेश्वर नगरपालिका वडा नं. २ निवासी प्रियंका वस्त्रालयका संचालक राजेश कुमार गुप्ता,उनका छोरा र पसलमा काम गर्ने अर्का कामदार जलेश्वर नगरपालिका वडा नं. ८ निवासी मिन्टु ठाकुरले नै आफ्नो छोरा मारेको भनेर आरोप लगाएका थिए । यता किटानी जाहेरी पछि प्रहरीले राजेश कुमार गुप्ता र कामदार मिन्टुलाई अनुसन्धानको लागि थुनामा राखेको  थियो । सोहि मद्दामा आईतवार राजेश गुप्ताको बयान भएको हो ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७६ भदौ ३० सोमबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus