• २०७६ कार्तिक ७ गते, बिहीबार



सप्तरीमा फेरी भेटायो विशाल अजिङ्गर 

 फेला परेको उक्त अजिंगर सर्पलाई वर्षाको समयमा जंगलबाट बाढीले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको छ ।

न्यूज ब्यूरो, राजविराज । केही दिन अघि मात्र सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकामा अँजिगर भेटाएको केही दिनपछि नै पुनः विशाल अँजिगर भेटाएको छ । 

 

सप्तरीको हनुमाननगर कन्कालिनी नगरपालिका १४ मा शनिबार अजिङ्गर भेटिएको छ । शनिबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको हो । स्थानीय प्रहरीकै चौकी रामपुरमल्हनीया वाट गएको टोलिले अन्दाजी २० किलोको अजिङगर सर्प निस्केको अबस्थामा फेला पारी उद्धार गरेको हो । 


अजिङ्गर निस्केको भनी खबर प्राप्त हुनासाथ प्रहरी चौकी रामपुरमल्हनीयाबाट प्रसनिको कमाण्डमा टोलि खटि गई उक्त सर्पलाई नियन्त्रणमा लिई ईप्रका हनुमाननगरमा ल्याई राखिएको थियो ।  सथै आइतबार उक्त भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा बुझाएको प्रहरीले जनाएको छ ।

 

गत भदौ १३ गते मात्र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ स्थित गिदखोरामा स्थानीयवासीले माछा मार्ने क्रममा अजिंगर फेला पारेको थियो । माछा मार्न गएका स्थानीयले खाडलमा १० किलोको अजिंगर फेला पारेपछि प्रहरीलाई खबर गरेर जिम्मा थियो ।  फेला परेको उक्त अजिंगर सर्पलाई वर्षाको समयमा जंगलबाट बाढीले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको छ ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...