१६ लाखको मोबाईल र रिचार्जकार्ड चोरी गर्ने ३ जना पक्राउ !

उनीहरु उपर अनुसन्धान भईरहेको जानकारी दिइएको छ । 

२०७६ भदौ ३० सोमबार
बिहान ०९:४१ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, सिरहा । मोबाईल पसलको सटर फुटाएर १५ लाख मूल्य भन्दा बढीको चोरी गरेको आरोपमा सिरहा प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

 

सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थितमा रहेको स्थानीय भरत प्रसाद साहको घरमा सँचालित राजु इन्टरप्राईजेज मोबाईल पसल फोडेर १५ लाख बढी मूल्य बराबरको नगद सहित मोबाईल र रिचार्ज कार्डहरु चोरी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमा मार्फत सार्वजनिक गरेका हुन् ।

 

स्थानीय भरत साहको घरमा रहेको उक्त पसलमा सटरको माथि रहको भेन्टिलेशन फुटाएर नगद २ लाख ९५ हजार, रिजार्ड कार्ड ३ लाख ५० हजार, विभिन्न कम्पनीको मोबाइल ४४ थान गरी अन्दाजी मूल्य ८ लाख ९८ हजार ८०० र मेमोरी कार्ड अन्दाजी मूल्य ५५ हार गरी जम्मा १५ लाख ९८ हजार ८०० मूल्य बराबरको चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । चोरी गरी फरार रहेकोमा प्रहरील सिरहाको अर्नमान गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष १७ का एक युवक, त्यही बस्ने बर्ष ३६ का एक युवक र बर्ष ३२ का एक युवक गरी तीनजनालाई सार्वजनिक गरेको हो । -- "( पक्राउ गरि सार्वजनिक गरिएका आरोपितहरुको नाम गोप्य राखिएको छ, भविष्यमा उनीहरुमा सुधार आउन सक्ने आस्थाका साथ उनीहरुको आगामी भविष्यलाई हेर्दै नाम गोप्य राखिएको हो ।) "

 

 

गत भदौ २८ गते ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरी उक्त कार्यालयमा ल्याई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  उनीहरुसंग फेला परेका चोरीका सामानहरु बिभिन्न कम्पनीका २८ थान मोबाईलहरु, नगद रुपैया रु. १ लाख ४९ हजार ६ सय ५० , साईकल १ थान, चोरीमा प्रयोग गरिएको घर फोर्ने औजारहरु तथा रिचार्ज कार्ड रु. ६८ हजार ८ सय ५० बराबरको सामानहरु फेला परेको थियो ।

 

पक्राउ परेका मानिसहरु तथा चोरी गरी लगेका सामानहरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एपसी) उमा प्रसाद चतुर्वेदीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे । उनीहरु उपर अनुसन्धान भईरहेको जानकारी दिइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इलाका प्रहरी कार्यालय गोलबजारद्वारा रक्तदान कार्यक्रम, ४४ जनाले रगत दान गरे 

  • २०७६ भदौ ३० सोमबार

न्यूज ब्यूरो, सिरहा।  सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अवस्थित इलाका प्रहरी कार्यालय गोलबजारद्वारा नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी मनाइएको हो ।  नेपाल प्रहरी श्रीमती संघको

पूरा पढ्नुहोस्

Bureau Menus