धनुषाको गणेशमान चारनाथ नगरपालिका पनि खुल्ला दिसामुक्त घोषणा

स्थानीय तहहरुलाई मापदण्डमा परिमार्जन गरेर भएपनि खुल्ला दिसामुक्त घोषणा गर्ने होडबाजी चलेको देखिएको छ । 

२०७६ भदौ २७ शुक्रबार
बेलुकी ६:४३ बजे
महेन्द्रनगर डेस्क, धनुषा

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका पनि एक समारोहबीच खुल्ला दिसामुक्त नगरको रुपमा घोषणा गरिएको छ । 

 

शुक्रबार एक खुल्ला दिसामुक्त क्षेत्र घोषणा समारोहमा जिल्ला समन्व्य समितिका अध्यक्ष रामदेव बनरैतले खुल्ला दिसामुक्त नगरको प्रमाणपत्र प्रदान गर्दै नगरलाई खुल्ला दिसामुक्तको रुपमा घोषणा गरेका छन् । नगरपालिकाका नगर प्रमुख रामबाबू यादवको अध्यक्षता एवम् जिसस अध्यक्ष बनरैतको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा नगरवासीसँग आगामी दिनमा सहकार्यको लागि आग्रह समेत गरे । 

 

नगरपालिकाको ११ वटै वडालाई समेटेर नगरलाई खुल्ला दिसामुक्त नगरको रुपमा घोषणा गरिएको नगर प्रमुख रामबाबू यादवले बताए । यादवका अनुसार खुल्ला दिसामुक्त अभियान तीव्र पार्दै नेपाल सरकारले सन २०२० सम्म सम्पूर्ण पालिकाहरुलाई स्वच्छ तथा खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाभरिमा ९० प्रतिशत बढी शौचाल निर्माण गरिसकेको जनाउँदै खुल्ला दिसामुक्त नगरको रुपमा घोषणा गरिएको बताए ।

 
बाँकी बन्न रहेको शौचालय समेत निर्माणको क्रममा रहेको र केही दिनभित्रै त्यो पनि निर्माण भईसक्ने उनले बताए । अहिले धनुषा जिल्लाको विभिन्न स्थानीय तहहरुलाई मापदण्डमा परिमार्जन गरेर भएपनि खुल्ला दिसामुक्त घोषणा गर्ने होडबाजी चलेको देखिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७६ भदौ २७ शुक्रबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus