• २०७६ कार्तिक ७ गते, बिहीबार



नीजि घर बचाउन जानकी मन्दिर तोडिदै !

जानकी मन्दिर धरोहर छ र यसको अस्तित्व बचाउनको लागि हामी जे पनि गर्छौ : मिश्र

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको शान र नेपालको गौरवको रुपमा रहेको विश्वप्रसिद्ध जानकी मन्दिरको अस्तित्व खतरामा पर्दै गएको छ । 

 

जनकपुरमा सँचालन भएको एडिबी परियोजना अन्तर्गत भईरहेको सडक निर्माणको क्रममा एक नीजि भवनलाई बचाउनको लागि जानकी मन्दिरको अगाडीको पार्क तोडिएको छ । विश्व सम्पदामा सूचिकृत हुनको लागि तरखर रहेको बेला जानकी मन्दिरको पौराणिक बनाबटलाई नास गर्दै भवन बचाउन लागिएको हो । जानकी मन्दिरको मुख्यद्धारमै पूर्वपट्टि रहेको हँसराज मिठाई पसल होटल सहित अन्य फैन्सी, कपडा, कस्टमेटिक पसलहरु सँचालित घर सटरलाई बचाउन जानकी मन्दिरको पर्खाल तोडेका छन् ।

 

जनकपुरधाम उपमहानगरपालिकाको कुनै पनि वडामा समेत नगाभिएको जानकी मन्दिरको बेग्ले पहिचान छ । बेग्लै पहिचान र विश्वप्रसिद्ध धरोहरको रुपमा स्थापित भएको भन्दै स्थानीय तह जनकपुरधाम उपमहानगरपालिकाको कुनै पनि वडामा समावेश नगरी मात्र जनकपुरमा जानकी मन्दिर रहेको छ भनेर छुटयाइएको छ । जानकी चौक स्थित जानकी मन्दिरको पूर्व पट्टिी रहेका पर्खाललाई भत्काईएको छ भने सडक कै छउमा निजि भवनलाई राजनितिक आडमा बचाएर जानकी मन्दिरको सुन्दर पार्कलाई बबार्द पारिएको छ । 

 

 

यता, विश्व सम्पदामा सूचिकृत हुन केही समय बाँकी रहँदा जानकी मन्दिरको पौराणिक ढाँचा र निर्माणलाई तोडेर ढाँचा बिगारेको भन्दै स्थानीय युवाहरु सडकमा आएका छन् । सो क्रममा 
युवा अभियन्ता सरोज मिश्रको नेतृत्वमा भित्ता निर्माण कार्य रोक्न खोज्दा बुधबार दिउँसो होटल सँचालक सहित अन्य केही पसलबाला र युवाहरुबीच चर्काचर्की भएको थियो । 

 

विगतमा त्यहाँको सडक ७ मिटरको थियो। सडक विस्तारपश्चात अहिले ९ मिटरको सडक निर्माणाधीन रहेकोमा दुवैतीरबाट १ १ मिटर लिएको छ । जसका कारण मन्दिरको भित्ता समेत परेको छ भनेप पूर्वतिर हँसराज मिठाई पसल सहितको अन्य पसलहरु रहेको भवनको पनि अगाडीको भाग तोडनुपर्ने हुन्छ । 

 

मन्दिरको भित्ता भत्काउनुको साटो व्यापारीको जग्गा लिएर सडक विस्तार भन्दै मन्दिरको भित्ता पनि भत्काएपछि मन्दिर विश्व सम्पदाको सूचीमा नपर्ने सम्भावना बढेको अभियन्ता मिश्रले थपे ।  उनले भने,  - "जानकी मन्दिर तराई मधेशको मात्र नभई हिन्दुधर्मावलम्बीहरुको आस्था, स्थानीय व्यापारीहरुको बोहनी  देशकै धरोहरको रुपमा स्थापित छ , सडक विस्तार गर्नु राम्रो कार्य हो तर जानकी मन्दिरको पर्खाल बचाएर केही जमिन भवनबालाहरुले दिए के जान्छ र ? मन्दिरमा मान्छे जग्गा दान गर्छ, मन्दिरको जग्गा लिनु भनेको नै पाप हो । चिनो लगाएकोसम्म पनि घरको पर्खाल नतोडिएको देखिएको छ , यस्तोमा हामीले बोल्नु कुन अपराध हो र ? जानकी मन्दिर धरोहर छ र यसको अस्तित्व बचाउनको लागि हामी जे पनि गर्छौ ।" 

 

सडक विस्तार गर्दा जानकी मन्दिरको दक्षिण तर्फ रहेको होटल, व्यापारिक पसलबाला तथा घरबालाहरुले पनि सडक विस्तारको माग गरेपछि जानकी मन्दिर नै सखाप हुने भन्दै उनले त्यसको विरोध गरे । जानकी मन्दिरको केही केही जग्गा प्रदान गरेर भएपनि अस्तित्व कायम राख्नुको सट्टा उल्टै सँकुचित पार्ने कार्य भईरहेको भन्दै उनले अब कानुनी उपचार खोज्ने चेतावनी दिए । 

 

यता, हँसराज मिठाई पसलका सँतोष कुमार गुप्ताले एडीबी परियोजना अन्तर्गत उपमहानगरपालिकाले कानुनबमोजिम सडक विस्तार गरेको भन्दै आफूहरुको कुनै बाधा अवरोध र विरोध नरहेको बताए । उनले कानुन बमोजिम नै नापी गरेर दुवैतर्फ १ १ मिटर जमिन लिएर सडक विस्तार गरेपनि केही युवाहरुले नीजि स्वार्थका कारण जर्वजस्ती सडक निर्माण कार्य रोक्न आई विकास निर्माणमा बाधा पुरयाएको बताए । 

 

होटल तथा पर्यटन व्यवसायी संघ धनुषाका उपाध्यक्ष समेत रहेका हँसराज साहका छोरा सँतोष गुप्ताले जानकी मन्दिरको पार्क पनि सार्वजनिक भएको र त्यसमा पनि आम नागरिकले नै सुखभोग गर्ने भएकोले यस्ता कार्यहरुमा बाधा अवरोध ठिक नभएको बताए । उनले भने, - "कानुन बमोजिम सडकको मध्य विन्दुबाट हामी एक मिटर भित्र तोडिसकेका छौं, अब पनि फेरी तोडन भनेपछि हामीलाई धेरै नै क्षति हुन्छ । पर्यटन प्रवद्र्धनको लागि सडक निर्माण आवश्यक रहेको बेला केही युवाहरुले बेतुका विरोध गरेको छ । कानुन सम्बत जानुपर्छ ।" 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...