राजपा संयोजक यादव भेटे मधेश आन्दोलनका सहिद परिवार

सहिदको सम्मान स्वरुप सहिदका लागि आफू पहरेदार झैँ रहिरहने र सहिद परिवारमा खुशी ल्याउन कुनै कसर बाँकी नराख्ने सहिद परिवारसँग बाचा गरे ।

२०७६ भदौ २५ बुधबार
रति १०:३९ बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । तेस्रो मधेश आन्दोलनको क्रममा एकैदिन जनकपुरधाममा सहादत प्राप्त गरेका तीन सहिद परिवारलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक तथा सांसद राजकिशोर यादवले भेटेका छन् ।

 

संयोजक यादवले आन्दोलनको क्रममा शसस्त्र प्रहरीद्धारा टाउकोमा गोली हानी हत्या गरिएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव, जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय चौधरीको परिवारलाई घरमै गएर भेटेका हुन् । सहिद परिवार भेटघाटमा गएका नेता यादव सहिदका आमाबुवालाई चाँदर ओढाएर सम्मान गरेका छन् ।

 

सहादतको आज चार वर्ष पूरा भएको अवसरमा धनुषाको महेन्द्रनगरमा आयोजित चौथो स्मृतिसभा कार्यक्रममा नेता यादवले सहिदको सम्मान स्वरुप सहिद परिवारमा खुशी ल्याउन राजपा कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

 

सहिदका लागि आफू पहरेदार झैँ रहिरहने र सहिदसँग धोका हुन नदिने बाचासमेत उनले सहिद परिवारसँग गरे । 
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७६ भदौ २५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus