धनुषा : श्रीमानको मृत्यूपछि जसोतसो चल्दैछ परिवारको गुजारा, अमिसेस बने सहारा !

कडा संघर्षबीच गुज्रिरहेको उनको परिवारको पीडाबारे अपन मिथिला सेवा समाजले जानकरी पाएपछि घरमै पगेर आर्थिक रकम सहयोग गरेका छन् ।

२०७६ भदौ २५ बुधबार
रति ८:३३ बजे
बिनय यादव

न्यूज ब्यूरो, जनकपुरधाम । समाजिक क्षेत्रमा पछिल्लो समय अब्बल छापका साथ जमिरहेका मधेशी मूलका नेपालीहरुको समाजिक संगठन अपन मिथिला सेवा समाज पुनः धनुषाको एक विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ ।

 

केही दिनअघि मात्र महोत्तरीका एक एकल परिवारलाई आर्थिक रकम सहयोग गरेको समाजले बुधबार धनुषाको कमला नगरपालिका–८ स्थित टेरहामा थप एक परिवार समक्ष मानवता दर्शाएको छ । समाजले टेहराका स्व. राज यादवको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

 

परिवार पाल्न वैदेशिक रोजगारीमा साउदी गएका यादवको अल्पआयुमै निधन भएपछि विचल्लीमा परेका उनको परिवारलाई अपन मिथिला सेवा समाजद्धारा नगद ४० हजार रकम आर्थिक सहयोग प्रदान गरिएको छ । आर्थिक अवस्था एकदमै नाजुक रहेको यादवको वैदेशिक रोजगारकै क्रममा करिब ३० वर्षकै उमेरमा निधन भएपछि उनको परिवार बेसहारा झैँ बनेका छन् ।

 

यादवको विदेश गएको केही समयमै ६ वर्षअघि नै अचानक मृत्यू भयो । त्यसयता उनकी श्रीमति लक्षमीनियाँ देवी यादव अरुमा बोईन गरेर परिवार चलाउँदै आएकी छिन् । सम्पतिको नाममा बस्ने एकमात्र घडेरी रहेको यादव परिवारमा उनकी आमा, पत्नी र एक ८ वर्षका छोरा गरी तीन सदस्य छन् । छोरा स्थानीय एक निजी विद्यालयमा अध्ययनरत छन् ।

 

श्रीमानको मृत्यूपछि लक्षमीनियाँ मेहनेत मजदुरी गरेर जसोतसो परिवारसँगै एक सपना बोकेर छोरालाई पनि पढाउँदै छिन् । कडा संघर्षबीच गुज्रिरहेको उनको परिवारको पीडाबारे अपन मिथिला सेवा समाजले जानकरी पाएपछि अनुगन गरी घरमै पगेर सहारा बन्ने प्रयास गरेका छन् । रोजगारीको शिलशिलामा खाडी मुलुक कत्तारमा रही यस संस्थासँग आवद्ध मधेशी मुलका नेपालीहरुले एकएक गरी संकलन गरेर पठाएको रकम यादव परिवारलाई हस्तान्तरण गरिएको हो । समाजको नगद सहयोगपछि भावुक हुँदै उनी संस्थाप्रति आभार प्रकट गरिन् ।

 

सहयोगार्थ रकम लिएर समाजका वरिष्ठ कोषाध्याक्ष भरत चौधरी यादव, प्रदेश २ का सुपरभाईजर मन्साराम यादव, सहसचिव पप्पु मिश्रा, शत्रुधन मण्डल, ललन मण्डल, रोजित मन्सुरी, सनिया दास लगायतले घरमै पुगेका थिए ।


नेपालको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा केन्द्रीय कार्यालय रहेको यस संस्थाको मलेसिया, दुबई, कतार, साउदी, कुवेत र भारत लगायत आधा दर्जनबढी खाडी मुलुकहरुमा शाखा सक्रिय संचालनमा छ । त्यहीँबाट पठाइएको रकम नेपालमा समस्या पहिचान गरी सक्ने सहयोग संस्थाले गर्दै आएको छ ।

 

विगत कयौं वर्षदेखि समाजिक क्षेत्रमा सक्रिय रहेको यस संस्थामा आवद्ध रही स्वदेश तथा विदेशमा रहेका सदस्यहरु समाज विपत्तिमा परेका बेला निरन्तर अन्तर हृदयले सहयोगका लागि हात अगाडि बढाउँदै आएका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७६ भदौ २५ बुधबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus