• २०७६ भदौ ३० गते, सोमबार

निजगढ अन्तराष्ट्रिय विमानस्थल ५ वर्षभित्रै तयार हुन्छ : मन्त्री भट्टराई

मन्त्री भट्टराईले विमानस्थल निर्माणका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै ५ वर्षभित्रै विमानस्थल तयार हुने बताएका हुन् ।

न्यूज ब्यूरो, काठमाडौं । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अबको ५ वर्षभित्र कुनैपनि हालतमा निजगढ अन्तराष्ट्रिय विमानस्थल तयार हुने बताएका छन् ।

 

काठमाडौंमा जारी नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री भट्टराईले विमानस्थल निर्माणका लागि ठोस रुपमा प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै ५ वर्षभित्रै विमानस्थल तयार हुने बताएका हुन् । उनले निकट भविष्यमै दुई ओटा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेको पनि जानकारी दिए ।

 

मन्त्री भट्टराईले वैदेशिक लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएकोसमेत बताए । नेपालका सबै राजनीतिक दलहरु विकासको मुद्दामा एकै ठाउँमा उभिएकाले लगानीको वातावरणमा कुनै समस्या नभएको उनले बताए ।

नेपालमा हवाई यात्रुहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भइरहेको भन्दै यसप्रति गम्भीरता पूर्वक अघि बढेको उनको भनाई थियो ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...