• २०७६ भदौ ३० गते, सोमबार

'ग्रेट म्यान, ग्रेट वर्क' मेयर बरबरिया घैंटोमा पानी भरेर वृक्ष बचाउँदै 

वृक्षारोपनको विकल्प नरहेको बताउँदै उनले हरियाली नगर र बाढीको उत्तम विकल्प वृक्ष लगानी नै रहेको औल्याए । 

न्यूज ब्यूरो, जनकपुरधाम । मुलुककै कान्छो मेयर भनेर चिनिने धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले घैटोमा पानी भरेर वृक्षलाई बचाउने प्रयास थालेका छन् । 

 

कमला बचाउ अभियान अन्तर्गत कमला नदी किनारमा रोपन गरिएको वृक्षलाई बचाउने वाचा गरेका मेयर बरबरियाले एकाविहानै आफ्ना टीमसँगै घैंटोमा पानी भरेर वृक्षलाई पानी हाल्ने गरेका छन् । मेयर बरबरियाले आफै पनि घैंटोमा पानी भरेर नयाँ रोपिएको रुख विरुवा बचाउनको लागि गरेको प्रयासलाई चौतर्फी सराहना र प्रशंसा गरिएको छ । 

 

 

सो क्रममा प्रदेश नं. २ वन निर्देशनालयका अधिकृत एवम् समाजसेवी तथा पर्यावरण अभियानी सुरेश शर्माले समाजिक सँजाल मार्फत मेयर बरबरियाको प्रशंसा गरेका छन् । उनले लेखेका छन् ग्रेट म्यान ग्रेट वर्क भन्दै उनको टीमलाई धन्यवाद समेत दिएका छन् । मेयर बरबरियाले नयाँ रोपिएको बोट विरुवा बचाउनको लागि विहानै घैंटोमा पानी भरेर पानी हाल्दै गरेको तस्विर उनका निकट एक जनाले समाजिक सँजाल फेसबुकमा हालेपछि तस्विर जनकपुर क्षेत्रमा भाईरल भएको हो । 

 

सोही क्रममा कमला बचाउ अभियानका अगुवा एवम् कमला बचाउ अभियानी विक्रम यादवले समेत उनको कार्यको प्रशंसा गरेका छन् । अभियानी यादवले फेसबुकमा - "कमला बचाउ अभियान ले ब्यापक्ता लिदै अभियान को पहलमा लगाईएको बिरुवा मा खडेरी भएको बाबजुद शहिदनगर नगरपालिका का मेयर उदय बरबरिया यादव ज्युको सराहनीय काम जय हो मेयर साहेब । जय कमला |" - भनेर लेखेका छन् ।

 

समाजिक सँजालमा तस्विर शेयर भएपछि यस विषयमा मेयर बरबरियाले कमला नदीको छर्कीमा रोपिएको वृक्ष बचाउने सौभाग्य अवसर आफूलाई प्राप्त भएको भन्दै उनले गाउँबाट आफ्ना टीमसँगै घैंटो, बोतल , कमण्ल, बाल्टिमा पानी भरेर वृक्षलाई पानी दिएको बताए । प्रत्येक शनिबार हुने कमला बचाउ अभियानको जागरण र वृक्षारोपन कार्यक्रम अन्तर्गत शहिदनगर नगरपालिकाको तर्फबाट वृक्ष सुरक्षाको लागि बाँसको घेराबार लगाइएको थियो भने अहिले विरुवा बचाउन गाउँबाट पानी ढुवानी गरी बचाउने प्रयास गरिरहेको बताए । 

 

पर्यावरण बचाउ तथा कमला नदीको कहरबाट नगरका जनतालाई जोगाउन कमला नदीको किनारमा घना रुपमा वृक्षारोपनको विकल्प नरहेको बताउँदै उनले हरियाली नगर र बाढीको उत्तम विकल्प वृक्ष लगानी नै रहेको औल्याए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...