• २०७६ भदौ ३० गते, सोमबार

मधेश आन्दोलन र जनकपुरको कालो दिन : निकु, दिलीप र सँजयको बलिदानी  !

 कैयौँ अगुवाहरु प्रदेश सरकारका मन्त्री भएका छन् भने कैयौँले प्रदेश सरकारकै जागिरमा लागेका छन् ।

फाईल तस्विर


न्यूज ब्यूरो, जनकपरधाम ।  तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाममा गत वि.स. २०७२ साल भदौ २५ गते आजैका दिन जनकपुरधाममा तीन जनाले सहादत दिए । 

 

गत वि.स. २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट दिलीप यादव, निकु यादव र सँजय चौधरीलाई शसस्त्र प्रहरीले टाउकोमै गोली हानी हत्या गरेको थियो । स्थानीय प्रशासनले लगाएको कर्फयू आदेशलाई पनि अवज्ञा गर्दै  चलु जनकपुर भरु जनकपुर कार्यक्रमको दौरान आजैका दिन गाउँ गाउँबाट आएका मासले सुरक्षा घेरा तोडेपछि वितण्डा मच्चाइएको थियो । 

 

आन्दोलन र प्रदर्शनको क्रममा धनुषा जमुनियाका १३ वर्षिय निकु यादव, सिनुरजोडाका १७ वर्षिय दिलीप यादव र महेन्द्रनगरका सदभावना पार्टीका जिल्ला सदस्य २८ वर्षिय सँजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर टाउकोमा गोली हानेका थिए ।  तत्कालिन सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आव्हान गरेको "चलु जनकपुर भरु जनकपुर"  कार्यक्रममा सहभागी हुन जनकपुर आईपुगेका तीनै जनाले मधेस आन्दोलनको नाममा ज्यानको आहुति दिएका थिए । 

 

 त्यसबेला, संघीय सरकारका वर्तमान स्वास्थ्यमन्त्री एवम् संघीय समाजवादी फोरमका अध्यक्ष  उपेन्द्र यादव, सहित वर्तमान राजपा एवम् तत्कालिन तमलोपाका अध्यक्ष महन्थ ठाकुर , सद्भावनाका राजेन्द्र महतोको गठबन्धनको रुपमा रहेको सँयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको घोषणा गरेको थियो ।

 

झण्डै ६ महिना चलेको मधेस आन्दोलनको क्रममा कैयौँले छोरा र भाई गुमाए भने कैयौँ मधेसी महिलाले सिन्दूर निभाएइन । त्यस बेला मोर्चाका नेता समेत रहेका राजेन्द्र महतोले मधेस आन्दोलनको क्रममा बलिदानी दिनेलाई ५० लाख रुपैैयाँ टाउकोको मूल्य तोकेका थिए । 

 

उनीहरु मधेस आन्दोलनमा नेताहरुकै उक्साहटमा ज्यानको आहुति दिएपनि नेताहरुले सत्तालिप्त भएर उनीहरुको परिवारलाई बर्षमा २ पटक पनि हेर्न गएको छैन । उनीहरुको विच्चली भएको छ । आन्दोलनको सेन्टिमेन्टमा अहिले उपेन्द्र यादव संघीय सरकारको स्वास्थ्य मन्त्री बनेका छन् भने बाँकी राजपाका नेताहरु समेत संघीय साँसद बनेका छन् ।

 

 कैयौँ अगुवाहरु प्रदेश सरकारका मन्त्री भएका छन् भने कैयौँले प्रदेश सरकारकै जागिरमा लागेका छन् । केही शहिद परिवारलाई प्रदेश सरकारले जागिर दिएपनि बाँकीका शहिद परिवारको हालात भने त्यस्तै देखिएको छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...