• २०७६ भदौ ३० गते, सोमबार

अभियन्ता रायलाई सिडिओ कनेलको सम्मान

आफ्नो समाजिक कार्यलाई मूल्यांकन गरिदिएकोमा अभियन्ता रायले प्रमुख जिल्ला अधिकारीलाई समाजिक संजाल मार्फत धन्यवाद दिए ।

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्ला प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले समाजिक क्षेत्रमा उल्लेखनिय योगदान गरे वापत समाजिक अभियन्ता सरोज रायलाई कदरपत्र प्रदान गरि सम्मान गरेको छ ।

 

‘सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूलनाराको साथ प्रदेश न. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा र आधिकारिक ट्रेड युनियन धनुषाको संयुक्त आयोजनामा निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगणमा आयोजित कार्यक्रम तहत अभियन्ता रायलाई सम्मान गरिएको हो ।

 

सो अवसरमा आ–आफ्नो क्षेत्रमा उल्लेखनिय योगदान गरेका दर्जनौ व्यक्तिहरू कदरपत्र सहित सम्मानित भएका थिए । अभियन्ता राय भने अनुपस्थित थिए । 

 

आज धनुषा जिल्ला मुखियापट्टी मुशहरनिया गांवपालिकाको एक बालकलाई भारतबाट उद्धार गर्न जिल्ला प्रशासन कार्यालय पुगेको बेला प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलबाट कदरपत्र सहित सम्मानित भएका हुन् । 

 

आफ्नो समाजिक कार्यलाई मूल्यांकन गरिदिएकोमा अभियन्ता रायले प्रमुख जिल्ला अधिकारीलाई समाजिक संजाल मार्फत धन्यवाद दिए ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...