• २०७६ भदौ ३० गते, सोमबार

‘मधेशकी मुस्कानलाई सरकारले देखेनन्, सरकार गम्भीर हुन पहाडकै मुस्कान हुनुपर्दो रहेछ’

पहाडमा केही हुँदा हेलिकप्टर नै लिएर आफै जाने मन्त्रीहरु यस प्रकरणबारे मौन बस्दा मधेशलाई दुःख लागेको छ ।

एसिड आक्रमणमा परेकी मधेशकी मुस्कान खातुनको लागि सडकदेखि सदनसम्म आवाज उठिरहँदा पनि केन्द्र सरकारको तर्फबाट कुनै अभिव्यक्ति आएको छैन । कुनै चाँसो लिएको छैन ।

 

प्रदेश २ सरकार अघि बढेपनि केन्द्र सरकार तथा गृहमन्त्रीले उद्धारता नदेखाउनु दुःखद हो । पहाडमा केही हुँदा हेलिकप्टर नै लिएर आफै जाने मन्त्रीहरु यस प्रकरणबारे मौन बस्दा मधेशलाई दुःख लागेको छ । केन्द्र सरकार मधेशी जनताका लागि होईन की भन्ने भान हुन्छ ।

 

हुन त केन्द्र सरकारको मधेशप्रतिको सोच उहिलेदेखि नै विभेदपूर्ण रहँदै आएको छ । तर, त्यो सोच सुधारको अपेक्षा गरिएपनि परिवर्तन हुन सकेको देखिएन । भनिन्छ, सरकार भनेको अभिभावक हुन्छ, तर यहाँ त्यस्तो देखिएन ।

 

अब मुस्कानको अनुहारको रुप पहिला झैँ नरहला, उनका थुप्रा सपनाहरु राख भए । उनी अहिले आईसीयूमा उपचाररत छिन् । उनको घरको आर्थिक अवस्था त्यति राम्रो छैन । अरु–अरुले नै उपचारार्थ पठाएको सहयोग रकमबाट उनको उपचार भइरहेको छ । पछि प्रदेश २ सरकारले पनि अघि आए ।

 

तर, केन्द्र सरकार अहिलेसम्म चुइक्क नबोल्नुले सरकारको मधेशप्रतिको नजरिया स्पष्ट हुन्छ । हामीलाई थाहा छ, पहाडमा कतै यस्तो घटना भयो भने सरकार एक्सन लिन्छ । कानुन संशोधनसम्मको कदम उठाउन सक्छ, उठाउनु पनि आवश्यक छ । तर, मुस्कान प्रकरणले सरकारलाई नछोएझैँ देखिन्छ ।

 

यसले के प्रष्ट हुन्छ भने, पहाडी समुदायसँग केही त्यस्तो हुँदा मात्र सरकार गम्भीर हुन्छ, सोच्छ । यो घटनालाई एउटा प्रतिनिधि घटनाको रुपा सरकारले लिनुपर्दछ । यसैलाई गम्भीरता पूर्वक लिएर यस्ता अपराध उन्मूलनका लागि सरकारले कठोर कदम उठाउनु पर्दछ ।

 

मुस्कानसँग न्याय गरेर अन्य सबै मुस्कानहरुको बारेमा सरकारले दीर्घकालिन उपाय सोच्नुपर्दछ । होईन भने, जनता सडक तताउन बेर छैन ।

(यो लेखकको निजी विचार हो)

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...