• २०७६ भदौ ३० गते, सोमबार

धनुषाको बीरेन्द्रबजारमा स्थानीय र प्रहरीबीच धक्काधक्की

यसबारे नगरपालिकाका मेयर रामबाबू यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् । 

न्यूज ब्यूरो, धनुषा ।  धनुषाको एक पालिकामा स्थानीय र प्रहरीबीच धक्काधक्की भएको छ । 

 

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको कार्यलयमा शसस्त्र प्रहरी र स्थानीय बिच धक्कामुक्की भएको हो ।  नगरपालिकाको कार्यलयमा स्थानीयहरुले शान्ति पुर्ण रुपले ताला बन्दी गर्न खोज्दा मेयर पक्षधरले रोकेपछि विवाद भएको थियो । सो क्रममा स्थानीयहरुले कार्यालयमा तालाबन्दी गर्न खोज्दा शसस्त्र प्रहरी र नेपाल प्रहरीले उनीहरुलाई तालाबन्दी गर्न नदिएपछि आक्रोसित स्थानीयवासीहरु र प्रहरीबीच धक्कामुक्की भएको जनाइएको छ । 


बुधबार नगरपालिकाको हुन लागेको नगरसभामा उपमेयर मीना यादव पक्षधरहरुले आफूहरुको योजना नै नराखी नगरसभामा योजना तथा कार्यक्रम सार्वजनीकीकरण गर्न लागेको भन्दै त्यसको विरोध गर्दै उनीहरुले तालाबन्द गर्न बीरेन्द्र बजार स्थित रहेको नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न पुगेको थियो । स्थानीयहरुलाई प्रहरीले बल प्रयोग गरी रोकेपछि केही बेर धक्कामुक्की भएको उपमेयर यादवले जानकारी दिइन । 


उपमेयरको योजना साना किसान कृषि सहकारी संस्था लिमिटेड भरतपुरको कृषि तथा बीउ बिजन भण्डारको लागि भवन जस्ता योजना राख्दा नराख्दा किसानहरु असन्तुष्टि जनाउँदै विरोध स्वरुप तालाबन्दी गर्न खोजेपछि विवाद चर्किएको थियो । सुशासनको व्यवस्था नमानी मनोमानी ढँगले बन्द कोठामा नगरसभा गर्न लागेको भन्दै उनीहरुले विरोध जनाएको थियो  । 

यसबारे नगरपालिकाका मेयर रामबाबू यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेनन् । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...