• २०७६ भदौ ३० गते, सोमबार

मधेशमा अन्धविश्वासको जड : बोक्सी आरोपमा मलमूत्र !

हुने खाने घरका महिलालाई यो आरोप लाग्दैन । गरिब, विपन्न तथा एकल महिलामाथि नै बोक्सीको तलबार चलाइन्छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । कथित बोक्सी आरोपमा मधेसमा महिलाबाटै महिलाहरु यातना भोगिरहेका छन् । 

 

छोरो बिरामी भयो, गाईभैंसीले दूध दिएन भने एक÷अर्को छिमेकीलाई बोक्सीको नजरले हेर्न थाल्छन् । बोक्सीलाई बोलीचालीको भाषामा डायन भनिन्छ । 

 

बोक्सीको आरोपमा कुटिन्छन्, कोहीलाई मानव मलमूत्र कोच्याइन्छ । २०७५–०७६ मा प्रदेश २ मा २० वटा बोक्सीसम्बन्धी मुद्दा दर्ता भएका छन् । 

 

बोक्सी हुन्छ भन्ने अन्धविश्वासले महिलाबाटै महिला यातनाको सिकार बनेका छन् । हुने खाने घरका महिलालाई यो आरोप लाग्दैन । गरिब, विपन्न तथा एकल महिलामाथि नै बोक्सीको तलबार चलाइन्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजकरण महतोले लेखेका छन् ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...