• २०७६ भदौ ३० गते, सोमबार

मोतिहारी–अम्लेखगञ्ज पाइपलाइनको उद्घाटन भोली मोदी र ओलीले गर्ने

मोतिहारी अमलेखगंज पाइपलाइनले दुबै देशका बीचमा नजिकको सम्बन्ध रहेको संकेत गर्ने मोदीको दाबी छ ।

न्यूज ब्यूरो, जनकपुरधाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार संयुक्त रुपमा मोतिहारी–अम्लेखगञ्ज तेल पाइपलाइन उद्घाटन गर्ने भएका छन् । 

 

भारतीय प्रधानमन्त्री मोदीले भोली मोतिहारी–अमलेखगंज क्रस बोर्डर पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने जानकारी दिएका हुन् । भिडियो कन्फरेन्समार्फत पाइपलाइन उद्घाटन गर्ने भन्दै सोमवार साँझ मोदीले ट्वीट गरेका छन् ।

 

भारत–नेपाल उर्जा निगम आयोजनाका रूपमा रहेको मोतिहारी अमलेखगंज पाइपलाइनले दुबै देशका बीचमा नजिकको सम्बन्ध रहेको संकेत गर्ने मोदीको दाबी छ ।

 

६२.२ किलोमिटर लम्बाई रहेको सो पाइपलाइनमा सुरुमा सुरुमा डिजेलमात्र आपूर्ति हुने जनाइएको छ । डिजेल आपूर्ति भएको केही समयपछि पेट्रोल र मट्टितेल पनि आपूर्ति हुने बताइएको छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...