• २०७६ भदौ ३० गते, सोमबार

सावधान ! 'डग टोली' सहित धनुषाको विभिन्न ठाउँमा प्रहरीको कडा चेकिँग 

लागुऔषध ओसार पोसार तथा सेवनको लागि दिनहुँ जाँदै गरेको भन्दै प्रहरीले सुक्ष्म चेकजाँच सुरु गरेको हो ।

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल भारत सीमा भएर लागू औषधको ओसार पोसार बढी हुने गरेको अवस्थामा धनुषा प्रहरीले सक्रियता देखाएको छ । 

 

सोमबार  ‘समुदाय(प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत भारतीय सीमासँग जोडिएको धनुषा जिल्लाको भररीया नाकामा चेकजाँच कडाई पारेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषा मातहत प्रहरी चौकी धनौजी र प्रहरी चौकी डेबडिया धनुषाको संयुक्त आयोजनामा उक्त अभियानलाई मूर्तरुप दिएको हो । भारतबाट नेपाल र नेपालबाट भारत आवातजावत गर्ने सवारी साधान सहित सर्वसाधारणलाई समेत खानतलासी गरेको हो । 


धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया स्थित भारतीय सिमासंग जोडिएको नाकामा तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर केनाईन शाखा (लालगढ) बाट खटि गएको प्रहरी नायब नीरिक्षक (डिएसपी) कमाण्डमा लागु औषध चेकजांच गर्ने डग सहितको टोली, जिल्ला प्रहरी कार्यालयबाट जु.प्र.अ. को कमाण्डमा खटि गएको टोलीले चेकजाँचलाई कडा पारेको थियो । 


यस प्रहरी चौकी धनौजी र प्रहरी चौकी डेबडिया समेतको युनिट ईन्चार्ज सहितको जम्मा १६ जनाको प्रहरी टोलीले उल्लेखित नाका हुंदै आवत जावत गर्ने सवारी साधन, सवारी साधनमा रहेका व्यक्ति र पैदल यात्रीहरू समेतलाई सुक्ष्म रूपमा चेकजांच गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । भारतबाट नवयुवक, युवकहरुले लागुऔषध ओसार पोसार तथा सेवनको लागि दिनहुँ जाँदै गरेको भन्दै प्रहरीले सुक्ष्म चेकजाँच सुरु गरेको हो ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...