प्रदेश नं. २ : मिठाई पसलबाट प्रहरी रँगेहात पक्राउ  !

वीरगञ्ज महानगरपालिका वडा नं. ६ माईस्थान चोक स्थित मिठाईपसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको

२०७६ भदौ २३ सोमबार
दिउसो २:१८ बजे
न्यूज ब्यूरो | डेस्क

न्यूज ब्यूरो, वीरगँज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानलाई घुस रकम सहित रँगेहात पक्राउ गरेको छ । 

 

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेलीलाई सोमबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिदै रँगेहात पक्राउ गरेको हो । प्रहरी तेलीले जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुर्वेदिक औषधी दिएको भन्ने समेत टुङ्गिइसकेको उजुरी मिलाईदिने भनी  सेवाग्राहीसँग पटक पटक घुस÷रिसवत रकम माग गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । 

 

 

अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय हेटौडा मकवानपुरबाट खटि गएको टोलीले प्रहरी तेलीलाई सेवाग्राहीसँग पाँच हजार रुपैयाँ  घुस वापतको रकम लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित वीरगञ्ज महानगरपालिका वडा नं. ६ माईस्थान चोक स्थित मिठाईपसलबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता प्रदीप कुमार कोईरालाद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

लामा नङ पालेर मधेशको नाम उच्च पार्छु : यादव

  • २०७६ भदौ २३ सोमबार
  • न्यूज ब्यूरो, नेपाल

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर-२ को अस्थायी राजधानी जनकपुरका एक युवकले आफ्नो नँग (नौह) बाट पहिचान स्थापित गर्ने धोको राखेका छन् । जनकपुरधाम उपमहागनरपालिका वडा नं. १७ कनकपट्टि बस्ने दिनेश

पूरा पढ्नुहोस्

Bureau Menus

} }