• २०७६ भदौ ३० गते, सोमबार

रौतहट वृन्दावन नगरपालिकाको बजेट ४५ करोड बढी 

प्रत्येक योजनाको होर्डिंग बोर्ड अनिबार्य लाउने बानिको बिकाश गर्न सबै संग आग्रह गर्नु भयो ।

न्यूज ब्यूरो, रौतहट ।  रौतहटको वृन्दावन नगरपालिकाको नगर सभा भव्यताको साथ सम्पन्न भएको छ । एक भव्य कार्यक्रमको बिच नगर प्रमुख रामस्नेहि यादवले शुक्रबार नगर सभाको उद्घाटन गर्नु हुदै नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएका थिए । 


नगरमा  कुल ४५ करोड २३ लाख ०६ हजार बराबरको बजेट पेश गरिएको हो । नगर प्रमुख यादवले बिरेन्द्र राजमार्ग देखि नगरपालिका जोडने सडक स्तरुन्नोतिगरिने , नगर क्षेत्रमा रहेको सिमसारलाइ पर्यटकीय स्थलको रूपमा बिकाश गरिने , शिक्षा , कृषि , स्वास्थ्य , सुशासन एबम सुचनाको हक र अधिकार लगायतका बिषयमा प्रमुख प्राथमिकता राखी कार्य अगाडी बढाइने बताए । 


खुल्ला सत्रको समापन पश्चात युवाहरुको मांग सम्बन्धमा संचारकर्मी संग कुरा गर्नु हुदै वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव भन्नु हुन्छ ,“आफु हरु अधिकांश माग पुरा गर्न तर्फ लागि परेका छौ ,केहि भोलि देखि नै पुरा गर्न तर्फ लाग्छु , एकदम सकारात्मक मांगहरु रहेको छ , आशा छ हामिहरुको काम कारबाहीबाट वहाहरु सन्तुष्ट हुनु हुनेछ “।


वृन्दावन नगरपालिकामा कार्यरत इन्जिनियर नागेन्द्र राय यादव निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी पाए देखि नगरपालिका हरेक क्षेत्रको बिकाशमा फडको मारेको , स्थानीयले आफ्नो नगरपालिका हो भनेर प्रत्याभूति गर्न पाएको तथा जनताले पाउनु पर्ने सेवा सुबिधा समयमा पाएको स्थानीय बताउछन ।


खुल्ला सत्रमा पेश भएको नीति कार्यक्रम तथा बजेट बारे बोल्नु हुदै वडा अध्यक्ष श्यामनन्दन यादवले प्रस्तुत भएको नीति कार्यक्रम तथा बजेट स्वागत योग्य भएको तथा यसलाई ब्यबहारमा समेत लागु गर्न एबम नगरक्षेत्रमा तत्काल एमबिबिएस डाक्टरको ब्यबस्था गर्न नगर प्रमुख संग आग्रह गर्नु   भयो ।

 

बिगतका दिनमा समेत नगरपालिकाले स्वच्छ तवरले काम गरेको तर साना साना कुरामा ध्यान नदिनाले हाल आएर सोहि कुरालाई मुद्दा बनाएर केहि व्यक्ति संघर्षमा उत्रेको बताउंदै अब पूर्ण सतर्क भएर काम गर्न वडा अध्यक्ष यादवले सबै लाइ आग्रह गर्नु भयो । प्रत्येक योजनाको होर्डिंग बोर्ड अनिबार्य लाउने बानिको बिकाश गर्न सबै संग आग्रह गर्नु भयो ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...