• २०७६ भदौ ३० गते, सोमबार

चन्द्रयान–२ : विक्रम ल्याण्डर पत्ता लाग्यो, सम्पर्क जोड्ने प्रयास जारी

इसरो अधिकारीहरुका अनुसार चन्द्रयान–२ को अर्बिटर पूर्णरुपमा सुरक्षित र सही छ । अर्बिटरले ल्याण्डरको तस्बिर पनि खिचेको सिवनले बताए ।

न्यूज ब्यूरो, भारत । भारतीय चन्द्रयान–२ को ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको पत्ता लागेको छ । 

 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का प्रमुख डा. के सिवनका अनुसार, चन्द्रयान २ को ल्याण्डर विक्रम चन्द्रमाको सतहमा भएको आज (आईतबार) पत्ता लागेको हो । अर्बिटरले ल्याण्डरको तस्बिर पनि खिचेको सिवनले बताए । 

 

उनले भने, ‘विक्रम मोड्यूलसँग सम्पर्क स्थापित गर्ने प्रयास जारी छ, चाँडै नै यसको बारेमा जानकारी दिइनेछ ।’ यद्यपि सिवनले सञ्चारमाध्यमसँग अहिले तत्कालै केही भन्नु हतार हुने बताएका छन् । इसरो अधिकारीहरुका अनुसार चन्द्रयान–२ को अर्बिटर पूर्णरुपमा सुरक्षित र सही छ ।  

 

इसरोद्वारा चन्द्रमाको सतहमा चन्द्रयान–२ विक्रम ल्याण्डरको ‘सफ्ट ल्याण्डिंग’ शनिबार आफ्नो योजनाअनुरुप हुन पाएन । ल्याण्डरलाई गएको शुक्रबार राति झण्डै १ बजेर ३८ मिनेट जाँदा चन्द्रमाको सतहमा उतार्ने प्रक्रिया सुरु भएको थियो । तर, २ दशमलव १ किलोमिटर वर नै जमिनको स्टेशनसँग यसको सम्पर्क टुटेको थियो । 

 

यदि भारतले यो उपलब्धि हासिल गर्न सकेमा रुस, अमेरिका र चीनपछि चन्द्रमामा आफ्नो अन्तरिक्ष यान पठाउने चौँथो राष्ट्र बन्नेछ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...