• २०७६ मङ्सिर ७ गते, शनिबार



चन्द्रयान २ को आशा अझ सकिएको छैन :  इसरो प्रमुख

डा. सिवनका अनुसार, वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन्, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ । 

न्यूज ब्यूरो, भारत । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान २ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् । 

 

डा. सिवनका अनुसार, वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन्, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ । डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान २ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’ 

 

इसरोको महत्वाकांक्षी योजना चन्द्रायान(२ लाई विक्रम ल्याण्डरको माध्यमद्वारा चन्द्रामको सतहमा सफ्ट ल्याण्ड गराउनु थियो तर सबै योजना अनुरुप हुन पाएन । शनिबार बिहान ल्याण्डर विक्रमको अन्तिम समयमा ग्राउण्ड स्टेशनसँग सम्पर्क टुटेको थियो ।

 

डा. सिवनका अनुसार, चन्द्रायान २ को सफ्ट ल्याण्डिंगका लागि चार ओटा अहम चरण थिए । चन्द्रायान(२ ले तीन ओटा चरण सफलतापूर्वक पार गरेको थियो तर अन्तिम चरणको सबैभन्दा महत्वपूर्ण मानिएको अर्थात ल्याण्डर विक्रमको ग्राउण्ड स्टेशनसँगको सम्पर्क टुट्यो । 

 

चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो देश हो । अहिलेसम्म चन्द्रमाको भूमध्य रेखाको आसपास नै यानहरु पठाइएको थियो । यदि यो मिसनमा सफल भए अमेरिका, रुस र चीन पछि भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ । 

 

यदि भारतको प्रज्ञान रोभरमा जडान गरिएको सेन्सरबाट चन्द्रमाको दक्षिणी ध्रुवमा रहेका ठूला–ठूला खाल्डामा पानी रहेको प्रमाण भेटिएमा यो अन्तरिक्ष अनुसन्धानमा ठूलो फड्को हुने थियो । चन्द्रयान–२ को मिसन सफल भएमा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले २०२४ पठाउँदै गरेको एक महत्वाकांक्षी मिसनलाई पनि सहयोग पुग्ने बताइन्छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...