भारतीय चन्द्रयान–२ मिसन भएन सफल, निराश नहुन मोदीले दिए हौसला

चन्द्रयान–२ मार्फत् चन्द्रमा सतहमा उतार्न लागिएको यन्त्र विक्रम ल्याण्डरसँग अन्तिम चरणमा आएर इसरोका वैज्ञानिकहरुको सम्पर्क टुटेको छ ।

२०७६ भदौ २१ शनिबार
बिहान ०८:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, भारत । भारतको चन्द्रयान–२ अभियान अन्तिम चरणमा आएर असफल भएको छ । 

 

चन्द्रयान–२ मार्फत् चन्द्रमा सतहमा उतार्न लागिएको यन्त्र विक्रम ल्याण्डरसँग इसरोका वैज्ञानिकहरुको सम्पर्क टुटेको छ ।

 

चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को नियन्त्रण कक्षसँग अवतरणको केही समयपूर्व टुटेको हो । सो यान चन्द्रमा दक्षिणी ध्रुव नजिकै भागमा अवतरण गर्ने योजना थियो । 

 

यस्तो गर्न सकेको भए भारत चन्द्रमाको सहतमा सफलतापूर्वक अवतरण गराउने चौथो देश हुने थियो । यति मात्र होइन चन्द्रमाको दक्षिणी ध्रुवमा यान उतार्ने भारत विश्वकै पहिलो देश बन्ने धूनमा थियो । त्यसैले पनि उसका लागि यो मिसन निकै महत्वाकांक्षी हो ।

 

महत्वाकांक्षी रुपमा हेरिएको यो यान अगष्ट २० तारिखमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । गएको शनिबार चन्द्रमाको सतह नजिकै पुगेको बताइएको थियो । पूर्व योजनाअनुरुप विक्रम ल्याण्डर शनिबार बिहान साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमाको सतहमा उत्रनु पर्दथ्यो । तर, सो बेलादेखि नै विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको छ ।

 

इसरोका अध्यक्ष के सिवनले विक्रम ल्याण्डर चन्द्रको सतहबाट २ दशमलव १ किलोमिटरको दूरीसम्म सबै सामान्य रहेको बताएका छन् । त्यसपछि मात्र सम्पर्क टुटेको हो । हाल विक्रम ल्यान्डरबाट प्राप्त डेटाको समीक्षा भइरहेको उनले बताएका छन् ।

 

यता, मिसन असफल भएपछि भारतीय प्रधानमन्त्री नगरेन्द्र मोदीले भारतीय अन्तरिक्ष वैज्ञानिकहरुलाई होसला दिएका छन् । वैज्ञानिकहरुको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए । 

 

प्रम मोदीले वैज्ञानिकहरुलाई भेटेर हताश र निराश नहुन आग्रह गर्दै शान्त्वना मिश्रित हौसला दिएका छन् । उनले भने, ‘जीवनमा कहिलेकाहीँ उतारचढाव आउँछन्, सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ, प्राप्त उपलब्धी पनि ठूलो हो, देशले तपाईँहरुसँग गर्व गरेको छ ।’

 

भारतको यो दोस्रो चन्द्रयान हो । यसअघि पहिलोपटक उसले सन् २००८ मा पठाएको चन्द्रयान–१ ले चन्द्रमाको बाहिरी सतहमा पानी भएनभएको बारे सूचना पृथ्वीमा पठाएको थियो ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७६ भदौ २१ शनिबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus