जिउँदै महिलालाई बोरामा बाँधेर कोशीमा फाल्ने रौतहटका नेकपा नेता जेल चलान

रौटहटका नेकपा नेता शेखसहितकाले २०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोशी नदीमा फालेकी खातुनलाई दाउरा खोज्न गएका स्थानीयले जिउँदै उद्धार गरेका थिए ।

२०७६ भदौ २० शुक्रबार
रति ८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । रौतहटकी एक महिलालाई जिउँदै बोरामा बाँधेर कोशी नदीमा फालेको घटनाका अभियुक्त पूर्पक्षका लागि जेल चलान भएका छन् ।

 

रौतहटको गरुडा नगरपालिका–८ की बकरिल खातुनलाई २८ वर्षअघि जिउँदै बोराभित्र राखी बाँधेर सप्तरीको रम्पुरा मल्हनियाँबाट कोशी नदीमा फालेको घटनाका अभियुक्त शेख कमिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो ।

 

जेल चलान भएका शेख नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका नेता हुन् । उनी स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । हाल उनी नेकपाको साधारण सदस्य हुन् ।

 

शेखसहितकाले खातुनलाई कोशीमा फालेको भन्दै उनीविरुद्ध मुद्धा दायर भएको थियो । २०५८ साल भदौ ५ गते राति १२ बजेतिर कोशी नदीमा फालिएका खातुनलाई भने दाउरा खोज्न गएका स्थानीयले जिउँदै उद्धार गरेका थिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७६ भदौ २० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus