जनकपुर : प्रहरी संरक्षणमै गणेश युवा कमिटीको 'भतार जब सलेन्सर छुवाबे' 

त्यो क्रममा जानकी प्रहरी चौकीका सई राजदेव कुमार यादव समेत त्यही तैनाथ भएर ओरकेष्ट्रा हेरिरहेका थिए । 

२०७६ भदौ २० शुक्रबार
बिहान ०९:१३ बजे
सुमित मिश्र

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको गणेश युवा कमिटिले गणेश पूजाको नाममा अश्लिल ओरष्केष्ट्रा नचाउँदा विवाद उत्पन्न भएको छ । 

 

जिल्ला प्रशासन कार्यालय धनुषाले महिला नर्तकी (भारतको विहारबाट भाडामा मगाइने नर्तकी), अश्लिल गीतमा नृत्य तथा समाजलाई अश्लिल हुने गरी कुनै प्रकारको कार्यक्रम गर्न प्रतिबन्ध लगाएपनि गणेश युवा कमिटिले विहिबार रातभरि आरेकेष्ट्रा नचाएका छन् । ओरकेष्ट्रा नचाउने क्रममा समान्य कुटपिट समेत भएको बताईएको छ । हालाकी, यस बारे जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषा बेखवर छ । 

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) रामेश्वर कार्कीले जनकपुरको जीरोमाईलमा नचाउँदै गरेको ओरकेष्ट्रा बन्द गराएको दाबी गरेका छन् । यता जिल्ला प्रहरी कार्यालयदेखि करिब ३०० मिटरको दुरीमा मात्र रहेको रामचोकमा रातभरी अश्लिल गीतमा ओरकेष्ट्रा र नृत्य हुँदा प्रहरी अनभिज्ञ रहेको बताइएको छ । यसबारे जिल्लाका सिडिओ प्रदीपराज कनेलले जिल्ला प्रशासन कार्यालय धनुषासँग कुनै प्रकारको त्यस्तो कार्यक्रम गर्न अनुमति लिनुपर्ने व्यवस्था भएपनि अनुमति नदिएको र नलिएको बताएका छन् । 

 

 

उनले भने, - "साँस्कृतिक कार्यक्रम गर्नको लागि कुनै प्रकारको अनुमति चाहिदैन, आफ्नो भेषभूषा, सभ्यता र सभ्य तरिकाले महिला पुरुष नृत्य गर्न सक्छन तर भाडामा ल्याएर पनि अश्लिल गीतमा नृत्य गर्ने, उच्छृंगल खाले नृत्य र गीत सँगीतमा डान्स गर्नेलाई धनुषा जिल्लामा छुट छैन, यस उपर प्रतिबन्ध लगाइएको छ । अब गणेश युवा कमिटिले कसरी गरयो त्यो मलाई थाहा भएन, खै कहिले सुध्रिने हो यो समाज ?यसबारे छानबिन गर्छु ।" 

 

भोजपुरी भाषाको विभिन्न गीतहरु जो की मधेशी र मैथिली सँस्कृतिको लागि अश्लिल एवम् दोहारो अर्थको शब्दहरु प्रयोग गरी बनाएको गीतमा अश्लिल तरिकाले नृत्य समेत गरेपछि केही बेर विवाद पनि उत्पन्न भएको थियो । ओरकेष्ट्राकै क्रममा महाबीर चौकका श्याम साह उपर हातपात सहित मोबाईल समेत खोसिएको जनाइएको छ । त्यो क्रममा जानकी प्रहरी चौकीका सई राजदेव कुमार यादव समेत त्यही तैनाथ भएर ओरकेष्ट्रा हेरिरहेका थिए । 

 

 

प्रहरी स्वयंमको उपस्थितिमा प्रतिबन्धित ओरकेष्ट्रा नचाएपछि प्रहरीकै संरक्षणमा कार्यक्रम गरिएको भनेर बुझिएको छ । यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाले भने त्यसलाई अस्विकार गरेको छ । जनकपुर लगायत ग्रामिण भेक सहित सिँगो जिल्लाभरि नै यसप्रकारको कार्यक्रम उपर प्रतिबन्ध लगाएको भन्दै यसबारे आफूहरु अनभिज्ञ रहेको र कुनै जानकारी नआएको डिएसपी रामेश्वर कार्कीले थपे ।

 

गत ३ दिन अघि मात्र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले धनुष सागर पोखरीको डिल कब्जा गरी बनाइएको गणेश मन्दिरको उदघाटन गरेका थिए । विगत कैयौं वर्षदेखि धनुषसागर पोखरीको पश्चिमी डिलमा बलपूर्वक कब्जा जमाएर बसेका गणेश युवा कमिटिले यसपाली मन्दिर नै निर्माण गरेका हुन । यसअघि धनुषसागरकै डिल कब्जा गरी बैशाखी निर्माण गरेर आफ्नो नाममा सँचालन गर्दै आएको छ । 

 

मन्त्री महासेठ गणेश युवा कमिटीको अगुवाईमानवनिर्मित गणेश प्रतिमाको प्राणप्रतिष्ठा कार्यक्रममासहभागी हुन मंगलबार जनकपुर आएका थिए । मन्त्री महासेठ गणेश पूजनोत्सवमा सहभागी भए पनि सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेनन् । मन्त्री महासेठको कार्यक्रममा दर्शक कमै देखिएपछि सम्बोधन नगरिकन फर्केका थिए । 
 

ओरकेष्ट्राबारे गणेश युवा कमिटिका अध्यक्ष सुनिल दाससँग सम्पर्क गर्न खोज्दा समाचार तयार गरेसम्म उनको मोबाईल स्वीच अफ गरिएको भनेर सन्देश आएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एजेन्सी ।  अमेरिकामा टिकटकमाथि प्रतिवन्ध लगाउनका लागि बाटो खुला भएको छ ।  अमेरिकी संसदले बुधबार पारित गरेको एक विधेयकमा भएको व्यवस्थाअनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुला

पूरा पढ्नुहोस्

Bureau Menus

} }