'महासेठ' को घरमा प्रदेश प्रहरीको छापामारी

नेपाल भारतको सीमासँग जोडिएका गाउँहरुमध्ये मुखियापट्टि मुसरनीया पनि तस्करीको लागि एक मानिएको छ । 

२०७६ भदौ १९ बिहीबार
बेलुकी ६:४४ बजे
न्यूज ब्यूरो | डेस्क
यो साँकेतिक सन्दर्भमा तस्विर प्रयोग गरिएको छ । छापामारीको वास्तविक तस्विर होइनन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रहरी जनकपुरको टोलीले धनुषाको एक तस्करको घरमा छापामारी गरेको छ । 

 

बुधबार बेलुकी नै प्रदेश प्रहरीले धनुषाको विदेह नगरपालिका वडा नं. २ दुहबी बस्ने राजीव महासेठको घरमा छापामारी गरेर लाखौं मूल्य बराबरको अवैद्य समाग्रीहरु बरामद गरेको हो । नेपाल भारत बोर्डरको नामुद तस्कार मानिएको महासेठको घरमा प्रहरीले छापा हानेका हुन् । छापामारी गरी अवैद्य सरसमानहरु बरामद भएको प्रदेश प्रहरीका डिआईजी प्रदुम्न कार्कीले जानकारी दिए । 

 

छापामारी सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले तथ्याँक सार्वजनिक गर्दै करिब २ लाख ५० हजार बढी मूल्य बराबरको सरसमानहरु बरामद गरिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता रामेश्वर कार्की अनुसार प्रदेश प्रहरीबाट खटि गएको टोली र स्थानीय ईलाका प्रहरी कार्यालय दुहबीको सँयुक्त टोलीले महासेठको घरमा छापामारी गरेको जनाएका छन् ।

 

छापामारीपछि उनको घरबाट गुटकाको कार्टुन, ६० कार्टुन मदिरा (विभिन्न ब्राण्डका), ५६ बोरा रसायनिक मल, किराना समाग्री लगायत लाखौंको समान बरामद गरी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उक्त समानहरु करिब अढाई लाख रुपैयाँ मूल्य बराबरको रहेको छ । 

 

नेपाल भारतको सीमासँगै रहेको दुहबी बोर्डर सहित महिनाथपुर, धनौजी कटैया लगायत अन्य नाकाबाट अवैद्य रुपमा भारतबाट समानहरु ल्याएर बिलेकमा विक्रिवितरण गर्दै आएको खवर पाएपछि प्रदेश प्रहरीले उनको घरमा छापा हानेको बताइएको छ । नेपाल भारतको सीमासँग जोडिएका गाउँहरुमध्ये मुखियापट्टि मुसरनीया पनि तस्करीको लागि एक मानिएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फुल लिएर तिम्रो लागि आउनेछु आमा !

  • २०७६ भदौ १९ बिहीबार

हर्ष खुसीको उमङगले नयाँ पाइला टेकोस् । अधुरो सपना नेपालीको मार्ग पाऊन् सफलताले ! चढ्दै शिखर, सागरमाथाको चन्द्र, सूर्यको सम्मान झल्कोस् । नयाँ वर्षमा नेपालीको गरिमा भल्कोस् अँकाश जस्तै व्यापक

पूरा पढ्नुहोस्

Bureau Menus