धनुषा : सहयोगको लागि भौंतारिदै दृष्टिविहिन मण्डल 

छोराछोरीलाई विद्यालयसम्म पठाउने उपाय नभएको भन्दै उनले सहयोगी हातहरुलाई गुहारेका छन् ।

२०७६ भदौ १९ बिहीबार
बेलुकी ७:११ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । वैदेशिक रोजागरीको क्रममा गएकै बेला दुवै आँखा गुमाएका धनुषाका एक युवक सहयोगको लागि भौंतारिदै छन् । 

 

धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हडबारा बस्ने बर्ष ३५ का गोविन्द मण्डलाई उनको परिवार पाल्न गाह्रो भएपछि सहयोगको लागि अपिल गरेका छन् । गत वि.सं. २०६७ सालमा वैदेशिक रोजगारीको क्रममा विदेशिएका मण्डलको गएको ४  ५ महिनापछि नै दुवै आँखाको ज्योती गुमाएपछि कम्पनीले उनलाई नेपाल पठाइदिएको थियो । कर्जा लिएर परिवार पाल्न विदेशिएका मण्डलको दुवै आँखाको ज्योती गुमेपछि उनी बेसहारा भएका छन् भने उनको परिवार पनि विच्चलीमा परेका छन् । 

 

एक छोरा र एक छोरी तथा श्रीमतिलाई दुई छाक टार्नको लागि सानो पसल थापेपनि उनलाई पसल चलाउन समेत धौधौ भएको पीडित मण्डलले दुखेको पोखे । मण्डलले परिवारकै लागि सजाएको सपना आँखा सम्मै सीमित भएको भन्दै आफू देख्न नसक्ने भएपछि काम गर्न कठिनाई भएको बताए । दैनिक रुपमा काम गरी खाने मण्डलको दुवै आँखाको ज्योती गुमेपछि अहिले असहाय भएका छन् । आफ्नो परिवारको लागि एक्लै सहारा बनेको मण्डल स्वयंम नै बेसहारा भएपछि समस्या झन जटिल बनेको हो । 

 

विदेशबाट कम्पनीले पठाइदिएपछि घर फर्केका मण्डलले आँखाको ज्योती पाउन पनि ऋण काढेर प्रयास गरेपनि उनको आँखाको ज्योति भने आउन सकिएनन् । छोराछोरीलाई विद्यालयसम्म पठाउने उपाय नभएको भन्दै उनले सहयोगी हातहरुलाई गुहारेका छन् । उनले सबै पक्षसँग सहयोगको लागि अपिल समेत गरे । 

 

यता, सो सन्दर्भमा नगरपालिकाका मेयर उदय कुमार बरबरियाले उनको बारेमा विस्तृत जानकारी लिएर उनलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भने, - "दृष्टिविहिनको लागि हामीले विगतमा पनि सहयोग छुटयाएका छौं, नगरपालिकाबाट परिचय प्राप्त गरेपछि उनलाई सहयोग निरन्तर रुपमा भईरहन्छ । यसबारे हामी वडाध्यक्षसँग समन्वय गरेर उनको बारेमा सम्पूर्ण जानकारी टिपोट गरी सहयोगको लागि अग्रसर हुनेछौं ।" 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७६ भदौ १९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }