• २०७६ भदौ ३० गते, सोमबार

रौतहटमा क्रिश्चन धर्म परिवर्तन गराउने गिरोह सक्रिय

गिरोह आफ्नो गतिविधि निर्धक्क रुपमा सञ्चालन गर्दै आएपनि निरुत्साहित गर्ने तर्फमा कोही सक्रिय देखिएका छैन । 

Picture credit : Google

न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको दक्षिणी भेगमा हिन्दू धर्म मान्नेलाई विभिन्न किसिमको आर्थिक, भौतिक प्रलोभन दिएर धर्म परिवर्तन गराउने गिरोह सक्रिय भएका छन् ।

 

क्रिश्चन धर्म प्रति आस्था जगाउने कार्य तीव्र रुपमा बढ्दै गएकोले हिन्दू धर्म नष्ट हुने खतरा बढेका हुन् । सदरमुकाम गौर र छिमेकी नगरपालिका गाउँपालिकामा गिरोह आफ्नो गतिविधि निर्धक्क रुपमा सञ्चालन गर्दै आएपनि निरुत्साहित गर्ने तर्फमा कोही सक्रिय देखिएका छैन । 

 

स्थानीय प्रसाशन पनि मौन बसेका छन् । स्थानीय राजदेवी नगरपालिकाको वडा नम्बर ७ मुडवालबामा उक्त समूहले करीव ३५ जना महिलालाई धर्म परिवर्तन गरिसकेको बुझिएको छ ।
 

 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...