• २०७६ भदौ ३० गते, सोमबार

पञ्जाबमा बम विस्फोट : मृतकको संख्या २३ पुग्यो

विस्फोट यति शक्तिशाली थियो कि, ५ सय मिटर टाढा रहेको एक मलको शिशा फुटेको छ भने नजिकका घरहरुमा समेत क्षति पुर्याएको छ ।

न्यूज ब्यूरो, भारत । भारतको पञ्जाबस्थित गुरदासपुरको बटाला क्षेत्रमा भएको बम विस्फोटमा मारिनेको संख्या २३ पुगेको छ ।

 

गुरदासपुरका डीसी विपुल उज्जवले पटाखा कारखानामा बुधबार दिउँसो करीब ३ः३० बजे भएको विस्फोट घटनामा अहिलेसम्म २३ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

 

त्यस्तै, करीब २५ जना अझै भगनावशेषमा फँसिरहेको हुनसक्ने आशंका गरिएको छ । उनीहरुको उद्दार कार्य अहिले पनि जारी रहेको छ । घटनामा २७ जना घाइते रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

 

विस्फोट यति शक्तिशाली थियो कि, ५ सय मिटर टाढा रहेको एक मलको शिशा फुटेको छ भने नजिकका घरहरुमा समेत क्षति पुर्याएको छ । स्थानीयका अनुसार बटाला–जलन्धर रोडको हंसली क्षेत्रस्थित पटाखा कारखानामा भएको विस्फोटको आवाज कयौँ किलोमिटरसम्म सुनिएको थियो ।

 

विस्फोट के कारण भयो भन्ने अझै खुल्न सकेको छैन । पञ्जाबका मुख्यमन्त्री अमरिंदर सिंह र प्रदेश कांग्रेस अध्यक्ष सुनील जाखड आज घटनास्थल पुग्ने जनाइएको छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...