• २०७६ भदौ ३० गते, सोमबार

बालविवाह र मानव बेचबिखन विरुद्ध धनुषा प्रहरीको अभियान 

नकपुरको प्रतिबिम्ब रँगमँचको सहयोगमा उक्त सडक नाटक प्रदर्शन गरिएको हो । 

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको विभिन्न जिल्लाहरुमा बालविवाह तथा मानव बेचविखनका घटनाहरु दिनानुदिन वृद्धि हुँदै गएको अवस्थामा धनुषा प्रहरीले यस विरुद्ध बेग्लै कदम चालेको छ । 

 

आम नागरिकको सचेतना र जनचेतनाको अभावमा बालविवाहलाई प्रश्रय दिएको भन्दै जनचेतनामूलक कार्यक्रम अन्तर्गत बुधबार सडक नाटक प्रदर्शन गरेको हो । समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत जनकपुरको जानकी मन्दिरको प्राँगनमा अपरान्ह बालविवाह र मानव बेचविखन विरुद्धको सडक नाटक प्रदर्शन गरेको हो । अपरान्ह ५ बजे मन्दिरको प्रागँनमा जनकपुरको प्रतिबिम्ब रँगमँचको सहयोगमा उक्त सडक नाटक प्रदर्शन गरिएको हो । 

 

रँगमँचका दिग्ग्ज कालाकार रामेश्वर साह लगायतका अन्य कलाकारहरुद्धारा सानै उमेरमा विवाह गर्नाले हुने बेफाईदा तथा शारिरिक प्रतिकुलता र मानव बेचविखन अपराध रहेको तथा यसबाट कसरी बच्ने बारे नाटक प्रदर्शन गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । खनालका अनुसार,  जानकी मन्दिरको प्राङ्गणमा “बाल बिवाह तथा मानव बेचबिखन बिरुद्ध सडक नाटकमा सचेतनात्मक दृश्यहरु दर्साइएको थियो । 

 

 

सो नाटक कार्यक्रमा जानकी मन्दिरका महन्थ, परिक्रमा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रन्जित राय, संरचना नेपालका अध्यक्ष अमर चन्द्र अनिल, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधीहरु, संचारकर्मीहरु, नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, तथा स्थानिय भद्र भलादमीहरु समेत गरी सयौं जनाको उपस्थितिमा जनचेतनामूलक नाटक सम्पन्न गरिएको हो । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...