बरियारपट्टी गाउँपालिका अध्यक्षको कुर्सी कसले जलायो ?

घटनाबारे अनुसन्धानको लागि दुईजनालाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

२०७६ भदौ १८ बुधबार
बेलुकी ६:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकाको कार्यालयमा आगजनी गरिएको छ ।

 

बुधबार विहान एक समूहले गाउँपालिका अध्यक्ष सन्तोष महतो बस्ने कोठामा आगजनी गरेको हो । आगजनीका कारण कार्यालयमा रहेको बस्ने कुर्सी, फर्निचर तथा अन्य कागजात पूर्णरूपमा जलेर नष्ट भएको छ ।

 

यता, आगजनी आरोपमा दुईजना पक्राउसमेत परेका छन् । घटनाबारे अनुसन्धानको लागि दुईजनालाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।

 

घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टीको पर्चा भेटिएको थियो । त्यसकै आधारमा उनीहरुलाई पक्राउ गरेको तथा सो समूहका संयोजकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अमेरिकामा मधेशी समुदायको पारम्पारिक होली

  • २०७६ भदौ १८ बुधबार

न्यूज ब्यूरो, अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली मूलका मधेशी समुदायले पारम्पारिक होली पर्व मनाएका छन् ।  विदेशिएपछि आफ्नो ठाउँको परम्परालाई निरन्तरता दिँदै परम्पारिक रुपमा होली पर्व मनाएको हो । अमेरिकास्थित

पूरा पढ्नुहोस्

Bureau Menus

} }