• २०७६ भदौ ३० गते, सोमबार

आफू पढेकै मेडिकल कलेजमा उपचार गराउँदै पूर्वराष्ट्रपति यादव

राजनीतिमा आउनुअघि चिकित्सा सेवामा रहेका डा. यादवले सोही कलेजमा अध्ययन गरेका थिए ।

न्यूज ब्यूरो, जनकपुरधाम । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव स्वास्थोपचारको शिलशिलामा यतिबेला भारतमा छन् । 

 

पूर्व राष्ट्रपति डा. यादव प्रोस्टेट क्यान्सरको उपचारका लागि गत सोमबार भारतको चण्डिगढ गएका हुन् । तीन वर्षअघि उनी सोही रोगको अमेरिकामा उपचार गराएका थिए ।

 

भारतको चण्डीगढस्थित पोष्ट ग्राजुएट इन्स्टिच्यूट आफ मेडिकल एजुकेशन अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । राजनीतिमा आउनुअघि चिकित्सा सेवामा रहेका डा. यादवले सोही कलेजमा अध्ययन गरेका थिए । 

 

उनको तीन वर्षअघि अमेरिकास्थित हेनरी फोर्ड अस्पतालमा शल्यक्रिया भएको थियो । एकपटक क्यान्सर रोग लागिसकेका विरामीले बेलाबेला स्वास्थ्य परीक्षण गराइ रहनुपर्ने हुन्छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...