हेडमास्टरले गरे आफ्नै विद्यार्थी अपहरण !

छात्रलाई अपहरण गरेपछि ब्रजेशले छात्रका परिवारसँग ३ लाख फिरौती मागे ।

२०७६ भदौ १५ आइतबार
बिहान ११:४८ बजे
न्यूज ब्यूरो | डेस्क


न्यूज ब्यूरो, विहार ।  एक विद्यालयका विद्यार्थीलाई उनकै हेडमास्टरले अपहरण (किडनैप) गरेको खवर बाहिर आएको छ । 


बिहारको एक स्कुलमा प्रधानाध्यापकलाई ब्ल्याकमेल गरेर पैसा असुलिएपछि प्रधानाध्यापकले पछि ती छात्रलाई नै अपहरण गरेर उनको परिवारसँग उल्टै फिरौती मागेको घटना सार्वजनिक भएको छ । ब्ल्याकमेल गर्ने छात्रलाई अपहरण गरेको आरोपमा भागलपुरको नवोदिप विद्यालयका प्रिन्सिपल ब्रजेश कुमारलाई गिरफ्तार गरिएको छ ।


भारतीय सँचारमाध्यमका अनुसार, पक्राउ परेपछि ब्रजेशले ती छात्रले आफूलाई ब्ल्याकमेल गरेर ३ लाख रुपैयाँ असुलेको बताएका छन् । ब्रजेशका अनुसार केही दिन पहिले उनलाई एक अञ्जान नम्बरबाट फोन आयो । फोन गर्नेले धम्की दिए कि उनीसँग एक अश्लील भिडियो छ पैसा नदिए त्यो भिडियो भाइरल गरिदिन्छु । भिडियो देखाउनको लागि ब्रजेशलाई भागलपुरको जीरोमाइल बोलाइयो । भिडियोमा ब्रजेशसँग एक युवती देखिएकी थिइन् ।


ब्रजेशका अनुसार यो विषयमा त्यही स्कुलका एक अर्का छात्र पनि मिलेका छन् जसलाई २०१८ को प्रि बोर्ड परीक्षामा ५ विषयमा फेल भएपछि स्कुलबाट निकालिएको थियो । ब्रजेशका अनुसार ब्ल्याकमेल गरेर छात्रले ३ लाख रुपैयाँ असुलिसकेका थिए र अहिले फेरि ५ लाख मागिरहेका थिए । ब्ल्याकमेल गर्ने छात्रका पिता होमगार्ड जवान हुन् र उनी भागलपुरका जिल्ला मजिस्ट्रेटको कार्यालयमा तैनाथ रहेको दाबी भारतीय सँचारमाध्यले उल्लेख गरेको हो । 


भागलपुरका एसपी आशिष भारतीले बताए अनुसार ती छात्रले अश्लील भिडियोको डर देखाएर ब्रजेशलाई ब्ल्याकमेल गरिरहेका थिए । २८ अगष्टका दिन ब्ल्याकमेलको ५ लाख लिन उनी ब्रजेशको घर पुगेका थिए । ब्ल्याकमेलबाट आजित भएका ब्रजेशले उनलाई त्यहीँ बन्धक बनाए । छात्रलाई अपहरण गरेपछि ब्रजेशले छात्रका परिवारसँग ३ लाख फिरौती मागे । पुलिसको दबाबपछि उनले छात्रलाई छोडिदिएका छन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बरिष्ठ प्रहरी हलब्दार पाण्डे तस्कर सुरेश साहको घरसम्म पुरयाउँछन लाखौँको अवैद्य समान 

  • २०७६ भदौ १५ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । सीमा तस्करीलाई नियमन गर्ने निकायकै प्रहरीले तस्कारको गोदामसम्म अवैद्य समान पुरयाउने गरेको भन्दा पत्यार नलाग्ला तर धनुषाका एक प्रहरी हबल्दारले तस्करको घरसम्म समान पुरयाउने जिम्मा उठाएका

पूरा पढ्नुहोस्

Bureau Menus

} }