• २०७६ भदौ ३० गते, सोमबार

'गढीमाई मेलाको रक्त उत्सव' : चमार समुदायले सिनो बहिष्कार गर्ने !

बाराको गढीमाई मेला ५ वर्षमा लाग्ने गर्छन र नेपाल भारतको लागि प्रसिद्ध धार्मिक स्थल हो । 

न्यूज ब्यूरो, वीरगंज । प्रदेश २ को बारामा अवस्थित प्रसिद्ध धार्मिक स्थल गढिमाईमा लाग्ने मेलाको सिनो चमार समुदायले बहिष्कार गर्ने भएको छन् ।

 

गढीमाई मेलामा बलि चढाइने राँगा र पाडाको सिनो चमार (दलित) समुदायले अबदेखि बहिष्कार गर्ने भएका हुन् । सिनो खादा रोग पनि लाग्न सक्ने र चमार समुदायलाई हेपाहाको दृष्टिकोणबाट हेरिने भएकाले यसलाई बहिष्कार गर्न लागेका हुन् । बाराको महागढीमाई नगरपालिकासिथत बरियारमा रहेको गढीमाई मन्दिरमा हरेक ५ वर्षमा मेला लाग्ने गर्छ । यस मेलामा हजारौंको संख्यामा राँगा (पारा) को बलि दिइने गरिन्छ । बलि चढाएका राँगाको मासु व्यवस्थापन गर्न मेला समितिले ठेक्का लगाउँछ ।


ठेकेदारले बलि चढाइएको २४ घण्टाभित्र ओसारेर मासु उद्योगमा लाने गरेका छन् । त्यसपछि बाँकी रहने मासु चमार समुदायका व्यक्तिले घरमा लगेर खाने गर्छन् । बलिमा चढाइएका राँगा पाडाको मासु, दलित चमार जातिले परापूर्वकालदेखि प्रसाद भन्दै खाने परम्परा पनि छ । तर, यसपाली भने बलि चढाइने राँगा, पाडाको  सिनो बहिष्कार गर्ने भनी चमार समुदायले सामूहिक रुपमै घोषणा गरेका छन् । उनीहरुले सिनो बहिष्कारका लागि बारा र पर्सामा अभियान पनि घोषणा गरेका छन् । 

 

 

यसका लागि उनीहरुले दशरथ चमार रामको अध्यक्षतामा सिनो बहिष्कार अभियान समिति पनि गठन गरेका छन् । बली प्रथाको विरोधमा विभिन्न सँस्थाहरुको सक्रियता बढेको हो । माण्डवी, गायत्री परिवार लगायत अन्य धर्म सँस्थाहरुले समेत धार्मिक दृष्टिकोण सहित वातावरणको हिसाबले समेत बली प्रथा रोक्न अभियान थालेको हो । बाराको गढीमाई मेला ५ वर्षमा लाग्ने गर्छन र नेपाल भारतको लागि प्रसिद्ध धार्मिक स्थल हो । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...