युवाहरुलाई कृषिमा लाग्न उत्प्रेरित गर्नुपर्छ : वक्ताहरु 

२०७६ भदौ १३ शुक्रबार
बिहान १०:२५ बजे
राम अवतार चौधरी


न्यूज ब्यूरो, कपिलवस्तु ।  श्री शिवराज कृषि सहकारी संस्था लिमिटेडले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कपिलवस्तु शिवराज नगरपालिका वर्ड न–३, खरेन्द्रपुर स्थित सुपा देउराली मन्दिरमा कार्यक्रम सम्पन्न गरेको हो ।


समाजसेवी तथा प्रमुख अतिथी रहनु भएको केरसिङ अदैले कार्यक्रमलाई संबोधन गर्दै शिवराज सहकारीले विगत ३÷४ वर्षको अवधिमा निकै राम्रो फड्को मारेका उहाँ बताउनुभयो । समाजसेवी अदै शिवराज नगरपालिका भित्र नै कृषि क्षेत्रमा अगाडी रहेको जिकीर गर्दै स्थानिय स्तरमा कृषि क्षेत्रमा युवाहरुलाई लाग्न उत्प्रेरित गरि रोजगारीका अवसरहरु सिर्जना गरेको दावी गर्नुभयो ।


यसैगरी शिवराज कृषि सहकारीमा हाल सम्म १ सय ५७ जना शेयर सदस्यहरु रहेको बताउँदै सबैको साथ निकै नै उल्लेखनिय रहेकोले छोटो समयमा कृषकहरुको मन जित्ना सफल भएको सचिव नारायण खनालले बताउनुभयो । साथै हाल सालै  प्रदेश सरकारबाट थ्रेसर र घाँस काट्ने मेसिन (चापाकट्र मेसिन) अनुदान पाएकोले कृषिमा थप ऊर्जा थप्पिएको र अगामी समयमा थप अनुदान स्थानिय सरकारबाट पनि प्रदान हुने आशा गर्दै कृषि क्षेत्रमा बढी भन्दा बढी लगानी गरिदिन सरकारलाई आग्रह समेत शिवराज कृषि सहकारीले गरेको छ ।

 

उक्त कार्यक्रम रामी कुमारी केसीकी अध्यक्षता, समाजसेवी केरसिङ अदैको प्रमुख आतिथ्यिता, प्रकाश बराल लगायतको आतिथ्यता, शेयर सदस्यहरुको सहभागिता तथा  इन्द्रकला खनालको स्वगत मन्तब्य र विनिता अदैको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा 

  • २०७६ भदौ १३ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । दक्षिणी धनुषाको नगराईन नगरपालिकामा भोली सार्वजनिक विदा दिएको छ ।  नगराईन नगरपालिकाका नगर प्रमुख विनय कुमार यादवले एक सूचना जारी गर्दै भोली सोमबार माघ ८ गते एक

पूरा पढ्नुहोस्

Bureau Menus

} }