• २०७६ भदौ ३० गते, सोमबार

जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी नारावाजी, जनकपुर तनावग्रस्त !

अहिले युवाहरु जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी चर्को प्रदर्शन गरिरहेका छन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रहरीले नरिवल बेच्ने एक युवकलाई कुटेको केही समय नबित्दै जनकपुर तनावग्रस्त बनेको छ ।

 

जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले जानकी मन्दिर स्थित रहेको जानकी चोकको फुटपाथमा नरिवल बेचिरहेका एक युवकसँग मागेको पैसा नदिएपछि कुटपीट गरेको घटनाले जनकपुर तनावग्रस्त बनेको हो ।

 

प्रहरीले कुटपीट गरेलगत्तै स्थानीय युवाहरु नरिवल बेच्ने गरिबलाई किन कुटेको भन्दै बुझ्नका लागि जानकी मन्दिर परिसर पर्यटक प्रहरी चौकी गएका थिए । तर, उनीहरुलाई समेत प्रहरीले दुव्र्यवहार गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।


नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो स्थानीय युवा अगुवा एवम् युवा नेता शुशिल कर्णले खिचेर फेसबुकमा राखेपछि अवस्था विग्रिएको हो । उनले फेसबुकमा प्रहरीको दमन बारे लेखेपछि जानकी प्रहरी चौकीका ईन्चार्जले कर्णलाई बोलाएर हातपात गरेपछि युवाहरु आन्दोलनमा उत्रेका छन् । सो क्रममा प्रहरीले कर्णको कपडा समेत च्यातिदिएका छन्, त्यसपछि अवस्था तनावग्रस्त बनेको हो । 


अहिले युवाहरु जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरिरहेका छन् । उनीहरु जानकी चोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले गरिबमाथि ज्यादति गरेको प्रहरी जवानलाई कारवाहीको माग गर्दै जिप्रका धनुषा अगाडी चर्को नारावाजी गरिरहेका छन् । यस बारे थप विवरण अपडेटमा हुन्छ ।

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...