'रवि तिमी मधेशीको मन अझैसम्म जित्न सफल भएछैनौँ'

रेशम चौधरीले जनताको मत प्राप्त गरि निर्वाचित भएर सांसद भएर पनि अहिला जेल कोचिएका छन् । तैपनि पनि तिमी रमिता हेरेर बस्यौ, एक शब्द बोलेनौ ।

२०७६ भदौ ११ बुधबार
बिहान ०९:५९ बजे
आदित्य नेपाल

आज जति भिड चितवन, काठमाडौं, बिराटनगर र बुटवलमा तिम्रो लागि थियो त्योभन्दा कयौं गुणा बढी भिड मधेसमा हुनेथियो तिम्रो लागि तर दुर्भाग्यवश तिमिले मधेसलाई कहिले बुझ्नै खोजेनौं, यहाँको समस्याहरु बारे कुनै चासो नै राखेनौ, यसैले तिम्रो मुद्दामा पनि मधेसले चासो राखेन्न ।

 

मधेसका अधिकांश युवाहरु तिम्रो बिरोधमा खडा थिए, तिम्रो विपक्षमा उभिएका थिए । जसरी तिमी पहाडका दुर्गम जिल्लाहरुका मानिसका समस्याहरु आफ्नो कार्यक्रममा प्रस्तुत गर्छौंरगर्थ्यौ त्यस्तै मधेस र मधेसीको समस्यालाई आफ्नो कार्यक्रममा प्रस्तुत गरिदिएको भए भिडको परिभाषा अझै राम्री बुझ्न सक्थ्यौ ।

लु मधेसको कुरा छोड्दिउ ! काठमाडौंमै केही महिना अगाडि एक मधेसी युवक केही तथाकथित नेपालीहरुसँग हेपिएर मर्सिया, धोती, इन्डियन भनेर टाउकोमा रड प्रहार गर्दा पनि तिम्रो कार्यक्रमले कुनै चासो देखाएन । केही वर्ष अगाडि टिकापुर घटनाताका रेशम चौधरीले जनताको मत प्राप्त गरि निर्वाचित भएर सांसद भएर पनि अहिला जेल कोचिएका छ्न र तैपनि पनि तिमी रमिता हेरेर बस्यौ तर एक शब्द बोलेनौ ।

 

हालै लोकसेवा आयोगले निकालेको असंवैधानिक विज्ञापनमा कयौं पीडितहरुसँग अन्याय भइरहदा किन तिम्रो आँखाले देखेन्न रु किन तिम्रो कानले सुनेन्न रु किन तिम्रो मुखले बोलेन्न ? अनि कसरी तिम्रालागी बोलुन मधेसले ? किन ? र केका लागि ? 

 

                                           आदित्य नेपाल
                                            युवा अभियन्ता

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

१० मिनेट नबित्दै नेपाली बिषयको प्रश्नपत्र आउट

  • २०७६ भदौ ११ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । हिजोदेखि सुरु भएको एसईई परीक्षा अन्तर्गत दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र १० मिनेटमै आउट भएको छ ।  चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न

पूरा पढ्नुहोस्

Bureau Menus

} }