• २०७६ भदौ ३० गते, सोमबार

जनकपुर छाडदै व्यापारीहरु, मेयर साहलाई ज्ञापन !

व्यापारीसँग ५० हजार रुपैयाँसम्म भाडा लिन्छन र राजस्व विभागमा १० हजारमा मात्र देखाएर राजस्व समेत छली गर्दै


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका व्यापारीहरु पलायन हुन लागेको भन्दै धनुषा चेम्बर अफ कमर्सले ज्ञापन पत्र बुझाएका छन् । 


जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई धनुषा चेम्बर अफ कमर्सका पदाधिकारीहरुले ज्ञापन पत्र बुझाउँदै जनकपुर राजधानीको नाममा घरबेटीहरुले चर्को भाडा लिरहेको गुनासो सहित व्यवस्थित गर्न अपिल गरेका छन् । मधेश आन्दोलनको क्रममा समेत चर्को घाटाबाट सहेर भएपनि व्यवासाय सँचालन गर्दै आएकोमा अहिले घर भाडाको मारले गर्दा व्यावसायीहरु पलायन हुन थालेको भन्दै यसलाई व्यवस्थित गरिदिन मेयर साहलाई ज्ञापन पत्र बुझाएका छन् । 

 

चेम्बर अफ कमर्सका पदाधिकारीहरुको एक टोलीले मँगलबार दिउँसो मेयर साहलाई ज्ञापन पत्र बुझाउँदै एक वर्ष अघि मात्र १० देखि १५ हजार रुपैयाँ सम्म घर भाडा तिर्दै आएका व्यवसायिहरुले जनकपुर प्रदेश नं. २ को अस्थायी राजधानी घोषणा गरिएलगत्तै २ देखि ३ गुणासम्म बढी मूल्य बढाएको कारण व्यापारीहरु पलायन हुन थालेको उल्लेख गरिएको छ । ६/६ महिनाको बन्दीमा पनि जसोतसो पसल नछाडी बन्दै गरी बसेका व्यावसायीहरुले घरभाडाको मूल्य चर्को भएपछि पलायनको विकल्प नरहेको उल्लेख गरिएको छ । 

 

जनकपुरमा भाडा मूल्य बढाएपछि समाग्रीहरुमा समेत मूल्य थप्नुपर्ने बाध्यताका कारण यहाँका ग्राहक सर्वसाधारणहरु समेत सीमापारीबाट व्यापार गर्न तथा किनमेल गर्न बाध्य भएको जनाउँदै यसले गर्दा मुद्रा समेत पलायन भएको उल्लेख ज्ञापन पत्रमा गरिएको छ । व्यापार र व्यावसाय कुनै पनि देशको मेरुदण्डको रुपमा रहेको जनाउँदै सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन यो तत्वहरुले पनि धेरै असर गरेको र यस्तै रहे यो परिकल्पना पूरा नहुने उल्लेख गरिएको छ । 

 

जनकपुरका घरधनीहरु एउटा व्यापारीसँग ५० हजार रुपैयाँसम्म भाडा लिन्छन र राजस्व विभागमा १० हजारमा मात्र देखाएर राजस्व समेत छली गर्दै गरेको उल्लेख ज्ञापन पत्रमा गरिएको छ । घर भाडाको निश्चित मूल्य तोकिएपछि यहाँका व्यावसायीहरुले राहतको साँस लिने जनाउँदै चेम्बर अफ कमर्सका पदाधिकारीहरुले जनकपुरधामको अभिभावकको हैसियतले पनि मेयर साहलाई यसलाई नियन्त्रण गर्न घरधनीले रकम लिएको नलिएको, कति भाडा लिएको नलिएको भनेर एउटा कार्यक्षेत्र बनाइदिन माग कमर्सका महासचिव कृष्णदेव साहद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...