• २०७६ भदौ ३० गते, सोमबार

रौतहटकै मुख्य बजार गरुडामा छैन सार्वजनिक शौचालय, सर्वसाधारण सास्ती भोग्न बाध्य

करोडौं रुपैयाको बजेट माटो र ग्रेभलमा सिध्याउने जनप्रतिनिधीहरु जन सरोकारको बिषयमा गम्भीर नभएको स्थानियहरुले टिप्पनी गरेका छन् ।

न्यूज ब्यूरो, रौतहट । रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रुुलाई ठुलो सास्ती खेप्नु परेको छ ।

 

व्यापारिक केन्द्र, श्रीराम शुगर मिल्स, एकदर्जन बैंक रहेको गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालयकको अभावमा दैनिक सैयौं मानिसलाई कठिनाई भएको हो ।

 

त्यतिमात्र नभई हप्ताको दुईपटक मंगलवार र शनिवार लाग्ने गरुडा हाट बजारमा रौतहट सर्लाही लगायत सिमावर्ती भारत बाट व्यापारिक प्रयोजनको लागी सैयौं महिला पुरुष आउने गर्दछन् ।

 

हाट बजारको अलावा ग्रामिण भेगबाट दैनिक सैयौं यात्रु काठमाडौँ, पोखरा, विराटनगर लगायतका लामो दूरीका दिवा तथा रात्रि बस चढ्न दैनिक गरुडा आउने गर्दछन् । किनमेलको प्रयोजनले गरुडा बजार आएका व्यापारी तथा बाहिरिया कुनै महिला पुरुषलाई  अचानक दिसा, पिसाब लाग्दा शौचालय नभएर ठुलो समस्या हुने गरेको देखिएको छ ।

 

गरुडा आउने यात्रु पिसाब फेर्न कतै गली, कुची, कुनाकप्चा खोजेर जेन तेन काम चलाउने भएपनी दिसा लाग्दा धर्मशाला अथवा बजारसंगै रहेको एकजना ब्यापारी पंकज जयसवालको घरमा रहेको शौचालय जान बाहेक अन्य बिकल्प नरहेको एक ब्यापारीले बताए ।

 

गरुडा बजार बिक्रीबाट बर्षेनी लाखौं रुपैयाँ र नगरपालिकाको करोडौं रुपैयाको बजेट माटो र ग्रेभलमा सिध्याउने जनप्रतिनिधीहरु जन सरोकारको बिषयमा गम्भीर नभएको स्थानियहरुले टिप्पनी गरेका छन् ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...