• २०७६ भदौ ३० गते, सोमबार

स्याटलाईटबाट लिइदैछ समग्र नेपालको तस्वीर !

विकासनिर्माण र पूर्वाधार विकासका लागि अद्यावधिक स्याटलाइट इमेज आवश्यक पर्छ ।

न्यूज ब्यूरो, काठमाडौं । चीनले नेपाललाई पाँच वर्षसम्म निःशुल्क स्याटलाइट इमेज उपलब्ध गराउने भएको छ । 

 

नापी विभागले विकास निर्माणका आयोजना निर्माण गर्नुपूर्व लिन थालेको अति आवश्यक पर्ने स्याटलाइट इमेज चीनले ५ वर्षसम्म निःशुल्क उपलब्ध गराउने भएको हो ।

 

नापीले समग्र नेपालको स्याटलाइट इमेज लिन थालेको हो । विकासनिर्माण र पूर्वाधार विकासका लागि अद्यावधिक स्याटलाइट इमेज आवश्यक पर्छ । चीन सरकारको सहयोगमा यस्तो इमेज लिने व्यवस्था मिलाइएको हो । 

 

गत वर्षदेखि चीन सरकारको सहयोगमा इमेज उपलब्ध गराउन थालिएको हो । चीनले पाँच वर्षसम्म निःशुल्क रूपमा यस्तो इमेज उपलब्ध गराउने भएको छ ।

 

गत वर्ष नेपाल सरकार र चीन सरकारबीच निःशुल्क रूपमा इमेज उपलब्ध गराउने सम्झौता भएको थियो । नेपाललाई आवश्यक पर्ने इमेज सम्बन्धित निकायहरूले आफैँ किन्ने गरेका थिए । विभिन्न विकास निर्माणका काममा आवश्यकताअनुसार विश्वका स्याटलाइट सप्लायर्सबाट यस्तो इमेज किन्ने गरिएको थियो । यस्तो इमेज निकै महँगो हुने गर्छ । 
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...