• २०७६ भदौ ३० गते, सोमबार

गाउँपालिका अध्यक्ष मुखिया उपर लगाइएको आरोप निराधार : प्रवक्ता 


न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको यमुनामाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद मुखिया उपर लगइएको आरोप निराधार रहेको नगरपालिकाका प्रवक्ता नन्द लाल यादवले दाबी गरेका छन् ।


गाउँपालिका अध्यक्ष मुखिया उपर अख्तियार लागेको तथ्य मिथ्या रहेको जनाउँदै प्रवक्ता यादवले समाचारमा उल्लेख अनुसार केही पनि नभएको दाबी गरे । विभिन्न सँचारमाध्यमहरुमा निर्वाचन यता गठित स्थानीय सरकारको हरेक काम कारवाही अगाडि बढाउने क्रममा अध्यक्ष मुखियाले भ्रष्टाचार र आर्थिक चलखेल गरेको उजुरीको चाङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रिएपछी अख्तियारले कारवाही अगाडी बढाउने तयारी गरेको भनेर समाचार प्रकाशन प्रकाशित भएपछि प्रवक्ता यादवले सो समाचारलाई आधारहिन बताएका छन्।


समाचारमा उनका पार्टीमा समेत अन्तरघात गरेको आरोपलाई खण्डन गर्दै प्रवक्ता यादवले सो कुरा निराधार रहेको बताए । उनले निराधारको समाचार प्रकाशन प्रकाशित गर्नेप्रति आपत्ति जनाउँदै मिडियामा आएका कुरा निराधार रहेको दाबी गरे । यसबारे गाउँपालिका प्रमुख मुखियाले समेत आरोपलाई निराधार बताएका छन् । उनले मिडिया राष्ट्रको चौथो अँग भएकोले सत्यतथ्य पत्ता लगाएर मात्र समाचार प्रकाशन प्रकाशित गर्नुपर्ने बताए । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...