सिरहामा एकाविहानै पुरुषको शव फेला !

मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले बताए ।

२०७६ भदौ ८ आइतबार
बिहान ०९:५४ बजे
बिनय यादव

न्यूज ब्यूरो, सिरहा । सिरहामा एकाविहानै एक पुरुषको वेवारिसे शव फेला परेको छ । सिरहाको सिरहा नगरपालिका १६ खिरौनास्थित एक पुरुषको शव मृत अवस्थामा भेटिएको हो ।

 

सिरहा नगरपालिका १६ खिरौनाका अन्दाजी ४० वर्षीय सुरेश साफी आईतबार विहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले जानकारी दिए । एकाविहानै स्थानीयवासीले साफीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

 

पुरुषको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर, मृतकको मुखबाट रगत बगेको देखिएका कारण अनुसन्धानपछि मात्र केही भन्न सकिने डिएसपी बोहराले न्यूज ब्यूरोसँग भने ।

 

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७६ भदौ ८ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus