हरेक शुभकार्यमा विरुवा अनिवार्य रोपौं, गज्जबको आनन्द मिल्छ : राज्यमन्त्री मण्डल

प्रदेश सरकारले प्रदेश २ लाई वातावरणीय दृष्टिकोणले हराभरा बनाएर स्वच्छ र हरियाली प्रदेश बनाउन ‘हरित प्रदेश अभियान’ ल्याएको राज्यमन्त्री मण्डलले जनाए ।

२०७६ भदौ ७ शनिबार
रति ८:४० बजे
बिनय यादव
तस्वीर : बिनय यादव

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले हरेक शुभकार्यमा अनिवार्य विरुवा रोपण गर्न आग्रह गरेका छन् ।

 

प्रदेश सरकारको ‘हरित प्रदेश अभियान’ अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका वडा नं. ६ स्थित गागन खोलाको बगरमा रहेको शिवगंगा सामुदायिक वनको जग्गामा वृक्षारोपण कार्यको सुरुवात गर्दै राज्यमन्त्री मण्डलले सबैलाई वृक्षारोपण अनिवार्य गर्न आग्रह गरेका हुन् ।

 

राज्यमन्त्री मण्डलले स्वच्छ जीवन जीउन, स्वच्छ हावा पाउन र स्वच्छ वातावरणका लागि वन अर्थात् वृक्ष नै आवश्यक भएको हुँदा वातावरण संरक्षण अभियानमा सबैलाई योगदान पुर्याउन आग्रह गरे । प्रदेश २ भौगोलिक हिसावमा सबैभन्दा सानो रहेपनि जनघनत्वको तुलनमा वनको प्रतिशत एकदमै न्यून भएका कारण स्वच्छ हावा पाउन नसकेको उनले जिकिर गरेका छन् । 

 

उनले प्रदेश २ मा अन्य प्रदेशको तुलनामा अत्याधिक जनघनत्व भएपनि मात्र ४ प्रतिशत वन भएको भन्दै स्वच्छ हावा पाउन र स्वच्छ जीवन जीउनका लागि कम्तिमा ४० प्रतिशत वन पुगाउनुपर्ने आवश्यकता औल्याए । प्रदेश सरकारले प्रदेश २ लाई वातावरणीय दृष्टिकोणले हराभरा बनाएर स्वच्छ र हरियाली प्रदेश बनाउन ‘हरित प्रदेश अभियान’ ल्याएको राज्यमन्त्री मण्डलले जनाए ।

 

 

प्रदेश सरकारले अभियान चलाएपनि प्रदेशबासीको सहयोग र सहभागिता विना अभियान सफल हुन नसक्ने भन्दै सबैको सहयोग, सहकार्य र सहभागिता अपरिहार्य रहेको उनले बताए । प्रदेशलाई हराभरा र स्वच्छ बनाउन वृक्षारोपण कार्यमा सबैलाई योगदान गर्न आग्रह गर्दै रोपिएका वृक्ष, विरुवाको संरक्षणको दायित्व पूरा गर्न पनि उनले सबैसँग अपिल गरे ।

 

जलवायु परिवर्तन र विश्वमा तापमान वृद्धिले सिर्जना गरिरहेका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न बोटविरूवा एवं जंगलको योगदान महत्वपूर्ण रहेको राज्यमन्त्री मण्डलको भनाई थियो । वन जंगल फडानी र विनाशले दिनप्रति दिन भूक्षय, खडेरी, डुबान बाढी पहिरो जस्ता प्राकृतिक विपद् बढ्दै गएकाले यसबाट बच्ने एक मात्र विकल्प वन जंगलको संरक्षण र वृक्षा रोपन नै भएको उनले बताए ।

 

प्रदेश २ सरकारको क्याविनेट बैठकले राज्यमन्त्री मण्डललाई गृह जिल्ला सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित शिवगंगा सामुदायिक वन अन्तर्गत सिमरामा १० हेक्टर र फुलकाहाकट्टीमा १० हेक्टर गरी २० हेक्टर जग्गामा वृक्षारोपण कार्यको जिम्मेवारी दिए अनुरुप सो क्षेत्रमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रम तहत प्रदेश २ भित्र एकैदिनमा करिब १९५ हेक्टर जग्गामा विभिन्न जातका लगभग झण्डै साढे ३ लाख विरुवा रोपिएको जनाइएको छ ।

 

वृक्षारोपण कार्यक्रममा राज्यमन्त्री मण्डल, सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुवेर्दी, सशस्त्र प्रमुख, नेपाली सेना प्रमुख, जिल्ला वन डिभिजन कार्यालय लाहानका प्रमुख सुभाषचन्द्र दास, स्थानीय नागरिकसमाज लगायतका सरिक थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मिर्चैयामा भूमिहीन दलित तथा सुकुम्बासीलाई मेयर यादवले बाँडे निस्सा

  • २०७६ भदौ ७ शनिबार

न्यूज ब्यूरो, सिरहा ।  मिर्चैया नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाइ निस्सा वितरण गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख श्रवण कुमार यादवे वडा नं ९ का ९५ जना भूमिहीन

पूरा पढ्नुहोस्

Bureau Menus